कार्यक्षेत्रमा फर्कन भुम्लु गाँउपालिकाकाे शिक्षकहरुलाई अनुराेध

+
-

बैशाख ८ साेमबार ,२०८१
काभ्रेपलान्चोक । भुम्लु गाँउपालिकाले पालिका भित्र कार्यरत शिक्षक तथा विद्यालय शिक्षकहरुलाई कार्यक्षेत्रमा फर्कन अनुराेध गरेकाे छ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विभिन्न माग राख्दै घाेषणा गरेकाे राजधानी केन्द्रीत आन्दोलन चलिरहेको छ।

चैत २० गते २०८१ देखि चलेकाे आन्दोलनमा गाँउपालिका भित्र कार्यरत शिक्षक तथा कर्मचारी पनि साे आन्दोलनमा सहभागी भएका छन् । शिक्षकहरु आन्दोलन केन्द्रीत हुँदा आधारभूत तह कक्षा ८काे परीक्षा ,शैक्षिक सत्र २०८२काे भर्ना अभियान ,शिक्षक तालिम लगायत सम्पूर्ण गतिविधि ठप्प भएको छ।

अध्यक्ष प्रेम बहादुर भूजेल,उपाध्यक्ष जितेन्द्र मान तामाङ र प्रशासकिय अधिकृत कृष्ण बहादुर खत्रीले संयुक्तरूपमा जारी गरेकाे विज्ञप्तिमा,` शिक्षक आन्दोलन लम्बिदै जाँदा भर्ना अभियान र अन्य गतिविधि प्रभावित भएको जनाइएकाे छ।´

विज्ञप्तिमा भनिएको छ,` विद्यालय पूर्णरूपमा बन्द हुँदा बालबालिकाकाे शिक्षा पाउने सुनिश्चित अधिकारमा बाधा पुगेकाे छ। तसर्थ शिक्षकहरुकाे जायज मागहरुमा गाँउपालिकाकाे ऐक्यबद्धता रहेकाे छ। शिक्षा जस्तो संबेदनसिल क्षेत्रका माग सम्बाेधन गर्ने सरकार समक्ष अपिल गरिन्छ। तर विद्यालयकाे गतिविधिमा उच्च मनाेबलका साथ कार्यक्षेत्रमा फर्कन अनुराेध छ।´ साथै सरकारले साेही अनुरुपकाे वातावरण सिर्जना गर्ने जाेडदार माग गरिएको छ।