शिक्षक आन्दोलन,धराप सरकार र विपक्षी चलखेल

+
-

काठमाडौ । शैक्षिकसत्र सुरु भइसक्दा पनि शिक्षकहरु आफ्नो माग पूरा नभएको भन्दै सडक आन्दोलनमा छन् । सरकारले शिक्षा ऐन पारित नगरेसम्म आन्दोलन नराेकिने उनिहरुले बताएका छन् ।विगत१४ दिनदेखि चलिरहेको आन्दोलनमा दबाब सिर्जना गर्न विविध कला प्रयाेग गर्न थालिएको देखिन्छ । सामान्य नारा-जुलुसबाट सुरु गरेका उनिहरुकाे आन्दोलनलाई सरकारले नजर अन्दाज गरेको छ।
`
नेपाल शिक्षक महासंघ´को अब्हानमा भएको संघर्षमा देश भरका शिक्षकहरु काठमाडौमा छन् । यस अधि गत मंसिरमा सरकारले सम्झौता गरि शिक्षा ऐन पास हुने सर्तमा शिक्षकहरु विद्यालय फर्किएका थिए।

`तिमिलाई मन्त्री कसले बनायाे, हामी जस्तै गुरुले´भन्ने भाकाबाट चर्चा बटुलेकाे आन्दोलन अहिले`शिक्षा ऐन मेटाउला,चौरासीमा देखाउँला´ भन्ने नारा र भाका गुन्जिन थालेका छन् । हाल सत्ता गठबन्धनमा देखिएको खटपटमा कतै शिक्षक आन्दोलनकाे गन्ध त छैन ? भन्ने आशंका गर्न सकिन्छ । यता सरकारका प्रधानमन्त्री के. पि. शर्मा ओलीले वार्ताबाट निकास खाेज्न अपिल गरिरहेका छन् । ओलिले सार्वजनिक मञ्चबाटै,` म प्रधानमन्त्री छु, समस्या के हो ? मलाई भन्ने कि ,सडकमा सुतेर बस्ने?भनेर व्यङ्ग गरेका थिए।´ कुनै समय पदमा नरहँदा शिक्षकहरु काम नपाएर सडकमा सुतेका र परिक्षामा ४९ प्रतिशत मात्रै विद्यार्थी पास गराएकाने आराेप ओलीले लगाएका थिए। विद्यार्थी फेल गराउने र नपढाउनेलाई किन सुविधा दिने? फेरि ५२ प्रतिशत विद्यार्थी फेल गर्न भन्दै ओलिले सरकारी तथा सामुदायिक विद्यलयमा पढाउने शिक्षकहरुकाे अबमुल्यन गरेका थिए।

विपक्षी दलका नेता तथा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले` गुरुहरुकाे माग सम्बाेधन नगरे सरकारलाई नराम्रो हुने संकेत गर्नुलाई अर्थपूर्ण रुपमा लिईएकाे थियो।´

शिक्षकहरुकाे माग सम्बाेधन गर्न सरकारले खटाएको वार्ता समितिसँग के कुरामा असहमति भएको हो, सार्वजनिक भएको छैन । शिक्षक र सरकारकाे वार्ता सहमतिमा नपुग्नु, देश भरी भर्ना अभियान सुरु हुनु , काठमाडौमा शिक्षक आन्दोलन नराेकिनु र सत्ता गठबन्धनमा दरार सिर्जना हुनुले, स्याल कराउनु र कुखुरा हराउनु मात्रै भएको हो कि? अर्काे रहस्य लुकेकाे छ? ठम्याउन नसकिने अबस्था छ।

नेपाली काङ्ग्रेस ठुलो दल भएकोले काङ्ग्रेसकाे नेतृत्वमा सरकार बन्नु पर्ने प्रचण्डले अभिव्यक्ति दिएका थिए। नयाँ वर्ष ८२ साल लागेकै दिन काङ्ग्रेस नेताहरूले सरकार प्रती असन्तुष्टि जनाउनुकाे अर्थ सरकार गम्भीर माेडमा छ भन्ने सन्देश दिन्छ।

सरकारी शिक्षकहरु जाे दलहरुकै भातृसंगठन हुन्, ती आफ्नो मागबाट व्याक नहुने, सरकारकाे सहयात्री काङ्ग्रेसकाे असन्तुष्टि ,राजाबादीकाे दबाब पूर्ण आन्दोलन , राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन , उता सरकार प्रति राष्ट्रिय स्वतन्त्र पार्टीको विमतिले पनि सरकार चौतर्फी घेरामा छ भन्ने आधार भेटिन्छ ।

काङ्ग्रेस सभापति देउवाले प्रचण्डसँग भेट गरेका गाेप्य सुचानाहरु बाहिरिएका छन् । त्यस लगत्तै ओलीले बालुवाटारमा बैठक डाके । यस्ता गतिविधिले प्रधानमन्त्रीकाे टाउकाे माथि तरबार झुन्डिएको आभाष गर्न सकिन्छ ।

विद्यालय फर्किसकेका शिक्षकहरुलाई शिक्षक महासंघले निर्णायक आन्दोलनमा सहभागी हुन अपिल गर्याे । बैशाख १२ देखि संचालन हुने` प्लस टु´ काे परीक्षा बहिस्कार गर्ने सार्वजनिक गरिसकेका छन् । यसले शैक्षिकसत्र २०८२ लाई असर पार्ने छ।

चैत २० गते देखि सुरु भएको आन्दोलनमा सरकार शिक्षकहरु प्रती सकारात्मक नहुँदा दबाबका स्वरुप परिवर्तन हुँदै गएको छ। कहिले सडकमा जादु देखाइयाे ।कहिले सिठ्ठि फुकियाे । कहिले नाच,गान र बाजा बजे । सडकमा सुतेर सरकार माथि व्यङ्ग गरियाे । अहिले शिक्षकहरु कविता भन्दै छन् । भाषण गर्दै छन् । खबरदार भन्दै छन् । विभिन्न भाकाका गीतले माइतीघर- बानेश्वरकाे माहाेल फरक हुन थालेकाे ।

हामीले बालेन जस्तो मेयर बनायौं भन्दै प्रसंशा गरेका शिक्षकहरुले बालेनकै शैलिमा र्याप गीत मार्फत सरकारलाई सचेत गराइरहेका छन् । सरकारलाई शिक्षक , विद्यार्थी र शिक्षा प्रती चासाे नभएको अनुभव उनिहरुले गरिरहेका छन् । तसर्थ शिक्षकहरु विद्यालय फर्कन हतारो रहेको देखिन्छ । किनकि उनिहरु भन्दै छन् `,सरकार हेर लाजकाे पसाराे,बालबालिकाको भविष्य अध्याराे´। १५ दिन देखि काठमाडौमा हाेटेलमा बस्नु पर्ने र स- साना बालबच्चा लिएर आन्दोलनमा सहभागी भएको पनि दृश्य देखिन्छ ।त्यसले सरकारलाई अलि कति पनि पाेलेकाे छैन ।

पटकपटक २०७५ सालदेखि ७८ , ८० सम्म विविध बुँदामा ६२ वटा माग सरकारले पूरा नगरेको शिक्षक महासंघकाे आराेप छ। सरकारले शिक्षकहरुलाई झुक्याउने र घर फर्काउने गरिरहेकाे छ । अबकाे आन्दोलन निर्णायक हो । `शिक्षा ऐन´ हालमा नलिई उधाराे सम्झौता हुन नसक्ने अडान महसंघकाे छ।