उपन्यासकार घिमिरेको उपन्यास रुपिका माथि परिचर्चा, देउपुरेद्वारा सम्मान पुरस्कार घाेषणा

+
-

चैत ३० शनिबार ,२०८१
काभ्रेपलान्चोक । कवि तथा उपन्यासकार केशब घिमिरेको उपन्यास`रुपिका´ माथि समिक्षात्क परिचर्चा गरिएको छ। आज काभ्रेको बनेपामा आयाेजित साहित्यीक कार्यक्रममा नवसर्जक घिमिरेको उपन्यासकाे परिचर्चा गरिएको हो । उहाँको कृति उपर समिक्षक तथा प्राध्यापक भवानी पाण्डेले उपन्यासको विविध पक्षमा एक एक गरी चिरफार गर्नु भएको थियो ।

समिक्षक पाण्डेले उक्त कृतिमा उपन्यासकारले सामाजका स- साना कुरालाई कथामा कलात्मक रुपले जाेडन सकेकाे भन्दै प्रशंसा गर्नु भयाे । उहाँले सामाजिक विभेद, दमन ,जिम्मवाल शासन,बढदै गएको आधुनिकता, बाहुन र क्षेत्र बीच परम्परागत विवाह गर्न नदिने चलन लगायत गाँउकाे पारिवारिक सम्बन्धलाई मसिनाे ढंगले समेटनु लेखककाे बहुरुपि क्षमता रहेको उल्लेख गर्नु भएकाे छ।

लेखक घिमिरेको उपन्यास रुपिका माथि टिप्पणी गर्दै समिक्षक पाण्डेले `काजी बा´ भन्ने कथाका मुल पात्रकाे मृत्यु हुँदा उनैकाे घरमा काम गर्ने मान्छेलाई दाेषाराेपण गरिनुले अझैसम्म पनि गरीब र निरिहहरुलाई समाजले हेप्ने प्रवृति नहटेकाे बुझ्न सकिने कुरा उपन्यासमा रहेको प्रष्ट पर्नु भयो । सानै उमेरका उपन्यासकार घिमिरेमा यतिकाे चेतना विकास हुनुले लेखककाे लेखन भविष्य उज्ज्वल रहेकाे उहाँको अनुभव छ।

उपन्यासका पात्रहरु समय अनुकुल सुहाउँदा छन् । पुरातन र आधुनिक दुवै साेचबाट कथाकाे विकास भएको पाइन्छ भने काजी बा काे मृत्यु पछि उँचाे ,निचकाे विभेद अन्त्य गर्ने तर्फ उपन्यासले भूमिका खेलेकाे समिक्षक पाण्डेको विचार रहेकाे छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रगतिशील लेखक संघ केन्द्रीय पार्षद सदस्य कवि दिल पौडेलकाे आतिथ्थता रहेको थियो । प्रमुख अतिथि पौडेलले वाचित १७ वटा रचना माथि समिक्षात्मक टिप्पणी गर्नु भएको थियो । अतिथिहरुमा लाेक मञ्जरी मच्छेश्वर सापकोटा,कवि तुयुकाजी ताम्राकार , अस्थित्व ब्यवस्थापन शास्त्री तथा कवि डि.पि.आत्रेय , सुसन्देश साप्ताहिकका प्रधान सम्पादक यदुनाथ देउपुरेकाे उपस्थिति रहेकाे थियो ।

प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामा अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरुले आ- आफ्नो रचना वाचन गर्नु भएको थियो । आफ्ना उत्कृष्ट र सुन्दर रचना वाचन गर्ने स्रष्टाहरुमा क्रमशः रक्तिम लामा ,दिल पौडेल, केशव घिमीरे, भवानी पाण्डे गीतिभाष्कर मच्छेशरण सापकोटा, तुयीकाजी ताम्राकार , डिपी आत्रेय ,यदुनाथ देउपुरे, दिनेशराज खरेल,मुरहरी रायमाझी, विश्व सिग्देल ,केदारनाथ तिम्सीना, सौगात सॅकल्प, गरीमा अधिकारी ,शुसिला विष्ट , छिरिड॰ दोड॰,श्रीकृष्ण पाण्डे, नवराज उत्साही ,कुमारी तामाङ रहनु भएको थियो ।

साेही कार्यक्रममा सुसन्देश साप्ताहिकका सम्पादक तथा कवि यदुनाथ देउपुरेले आफ्ना स्वर्गीय माता, पिताकाे पुन्य स्मृतिमा `साहित्यिक स्रष्टा सम्मान पुरस्कार काेष´ स्थापना गर्ने घाेषणा गर्नु भएको छ।