चैत २९शुक्रबार ,२०८१
काभ्रेपलान्चोक । `अंकुर प्रि स्कुल´ बनेपाले शैक्षिकसत्र २०८१ काे नतिजा वितरण गर्नुका साथै विविध कार्यक्रम गरेको छ। आज(शुक्रबार)विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयाेजना गरि प्ले ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरुकाे नतिजा वितरण गरिएको थियो ।
कार्यक्रमकाे प्रमुख अतिथ्थता जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बसुन्धरा खड्काले गर्नु भएको थियो । उहाँले कार्यक्रममा स्वागत मन्तव्य राख्दै बालबालिकाहरुलाई, `कानुनी अपराध र त्यसबाट बच्ने उपाएकाे बारे जानकारी गराउन विद्यालयहरुसँग सहकार्य गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार कानुन र अपराधका बारेमा विद्यार्थीलाई विद्यालय देखि नै सिकाउन जरुरी छ। घटना किन ?घट्छन । हिंसा के हो ? कानुनी उपचार र त्यसका समाधान के हुन सक्छन् ! त्यस्ता विषयमा जानकारी दिनु पर्छ। ´ साथै उहाँले ,बालबालिका भाेलि फक्रिने फूल भएको सत्यलाई स्विकार गर्दै अभिभावकले पनि आफ्ना बालबालिकाकाे विषेश ख्याल गर्न सुझाव दिनु भएकाे छ । ´
यस्तै प्राध्यापक तथा शिक्षासेवी भाेला के. सि.ले` अंकुर प्रि स्कुल शिक्षाको क्षेत्रमा नयाँ आयाम लिएर अगाडि बढने विश्वास व्यक्त गर्नु भएको छ।´विद्यालयमा स्वास्थ तथा खानपानकाे क्षेत्रमा सहयोगी भूमिका निभाउनु हुने डाक्टर सन्ताेष गौतमले आफ्ना नानीबाबुहरूकाे खानपिन र स्वास्थमा विद्यालयले कुनै सम्झौता नगर्ने प्रष्ट पार्नु भयो । मन्टेश्वरीकाे क्षेत्रमा काम गरिरहनु भएकी अभियान्ता रविना श्रेष्ठले `अंकुर स्कुल बेष्ट अफ द चाइल्ड डेष्टिनेशन´ भएको बताउनु भयो ।
अंकुर प्रि स्कुल कस्तो छ ? र किन ? आफ्ना बालबालिका यहाँ पढाउने भन्ने बारे अभिभावकहरुले आ- आफ्नो अनुभव पनि सुनाउनु भएको थियो । कार्यक्रममा बालबालिकाहरुले विभिन्न गीतमा नृत्य प्रदर्शन गरी मनाेरञ्जन प्रदान गरेका थिए।


