दलित प्रतिनिधी माथि भएको दुर्ब्यवहार प्रती नेपाल दलित मुक्त संगठन बागमती प्रदेशकाे ध्यानाकर्षण

+
-

चैत ,२७ बुधबार २०८१
काभ्रेपलान्चोक । पाँचखाल नगरपालिका वडा नम्बर १३ का दलित महिला सदस्य माथि भएको दुर्ब्यवहारकाे नेपाल दलित मुक्ति संगठन बागमती प्रदेशले विराेध गरेको छ। अध्यक्ष मनिष कुमार बर्देवाले एक विज्ञप्ति जारी गर्दै उक्त घटना प्रती नेपाल दलित मुक्ति संगठनकाे ध्यानाकर्षण भएको बताईएको छ।

चैत २१ गते साेही वडा निवासी यमुनादेवि नरालले वडा सदस्य विमला विश्वकर्मालाई नेपाली काङ्ग्रेस वडा समितिकाे सम्पर्क कार्यालयमा जाने क्रममा जालिगलौज गरेकाे घटना सार्वजनिक भएको थियो ।

विज्ञप्तिमा भनिएको छ,`जातीय छुवाछूत र विभेदलाई प्राेत्साहन गर्ने तरिकाले तथानाम गालीगलौज गर्दै अपमानित गरेकाे घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।´ नेपालकाे संविधानले छुवाछूत तथा भेदभावलाई गम्भीर अपराध परिभाषित गरेकोले कसुर सजाँय ऐन २०६८ बमाेजिम कानुनी दायरामा ल्याई कडा कार्वाहि गर्न माग गरिएको छ।

संविधानमा दलित प्रतिनिधी सुनिश्चित गरिएको छ। तर निर्वाचनको समयमा विभिन्न खाले लाेभ देखाई स्वार्थ अनुरुप प्रयाेग गर्नुका साथै पछि दुर्व्यवहार गर्ने प्रवृतिकाे घाेर भत्सर्ना गरिन्छ। जारी विज्ञप्तिमा भनिएको छ।