चैत २४ आइतबार ,२०८१
काठमाडौ । कवि तथा साहित्यकार दिल पौडेल बामपन्थी लेखकहरुको छाता संगठन `प्रगतिशील लेखक संघ´को केन्द्रिय पार्षद समिति सदस्यमा निर्वाचित हुनु भएको छ। शनिबारदेखि काठमाडौमा सुरु भएको केन्द्रीय अधिवेशनले पौडेललाई पार्षदमा निर्वाचित गरेको हो ।
पौडेलले विगत लामो समयदेखि प्रगतिबादी धारमा कलम चलाउँदै आउनु भएको छ। नेपाली विषयमा एम ए सम्म अध्यायय गर्नु भएका उहाँका पौने १ दर्जन कृति प्रकाशित छन् ।
उहाँको हालै मात्र` अविरल जनसाहित्य यात्रा´मा एकल रचना वाचन भएको थियो । पौडेलको पहिलो कविता` आमा´शिर्षककाे रहेको छ। उहाँले समाजका अन्याय ,बेथिति ,सरकारी घुसतन्त्र, निरंकुश शासन ब्यवस्थाका विरुद्धमा कलम चलाउनु भएको छ।
`नागार्जुन वाङमय प्रतिष्ठान´काे अध्यक्ष समेत रहेर उहाँले विभिन्न गतिविधि गर्नु भएको छ। साथै विभिन्न साहित्यीक तथा अन्य संस्थामा रहेर सकृयता जनाउनु उहाँको दिनचर्या हो । ललितपुरकाे टिकाथलीका बस्ने पौडेल सरकारी सेवममा कार्यरत हुनुहुन्छ ।


