चैत १९ मंगलबार ,२०८१
काठमाडौं । प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशमा लेखक शान्ति प्रिय बन्दना अध्यक्ष निर्वाचित हुनु भएको छ। साेमबार काठमाडौमा आयाेजित तेस्रो अधिवेशनले शान्ति प्रियाकाे अध्यक्ष्ातामा २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको हो ।
उपाध्यक्षमा भिस्म जोशी र धन कुमारी न्यौपाने ,सचिव डिबि बर्तौला ,उप सचीव धन ब. मगर ,कोषअध्यक्ष चिरञ्जीवी लामिछाने हुनुहुन्छ । यस्तै सचिवालय सदस्यहरुमा भवानी पान्डे, किरण अर्याल ,राजाराम राउत ,अर्पन अधिकारी ,रघुनाथ कडारिया ,भक्त बिक,प्रदीप प्रधान ,रत्न उप्रेतीलाई निर्वाचित गरिएको छ।
आगामी चैत २३ र २४ गते प्रगतिशील लेखक सङ्घ केन्द्रीय कमिटीको अधिवेशन काठमाडौमा हुँदै छ। सात प्रदेश मध्य तिनवटा प्रदेश काेशी ,मधेस , गण्डकीमा एमाले निकट लेखक अध्यक्ष भएका छन् ।
अन्य तिनवटा प्रदेश लुम्बिनी , कर्णाली र सुदुर पश्चिममा माओवादी निकट लेखक अध्यक्ष भएका छन् भने बागमती प्रदेशमा एकीकृत समाजवादीलाई सहमतिमा नै अध्यक्ष बनाइएको प्रलेस केन्द्रीय कमिटीले जनाएको छ। प्रगतिशील लेखक सङ्घका प्रगतिवादी घटक संगठनहरुकाे प्रतिनिधित्व हुने गर्छ।


