एडीबीकाे सहयोगमा दाेलालघाट- फलाँटे सडक कालाेपत्रे हुँदै,पूर्व मन्त्री लम्सालद्वारा अनुगमन

+
-

चैत १९ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । `दाेलालघाट,फलाँटे- गुराँसे´ सडक खण्ड अन्तर्गत `रासपात खाेलादेखि फलाँटे वडा कार्यालय´सम्मकाे सडक कालाेपत्रे तिव्र गतिमा अगाडि बढिरहेकाे छ। एसियाली विकास बैंकको ऋण सहयोगमा साे सडक कालाेपत्र हुन लागेकाे हो ।

दाेलालघाट बजारबाट २०५६ सालमा ट्रयाक खाेलिएकाे सडक २०६५ सालदेखि निरन्तर संचालनमा छ। हाल उक्त सडकबाट काठमाडौ,दाेलालघाट हुँदै रामेछापको गुराँसेसम्म दैनिकी एक दर्जन यात्रुबहाक बस आवतजावत गर्छ। यो सडक संचालन भएपछि काभ्रे काेशिपारी र रामेछापका अधिकांश क्षेत्रका नागरिकले सडक सुविधा उपभाेग गरिरहेका छन् ।

बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री लक्ष्मण लम्सालले साे निर्माणाधीन सडककाे अनुगमन तथा निरिक्षण गर्नु भएको थियो । सांसद लम्सालले आइतबार सडक अनुगमन गर्नु भएको हो । उहाँले दाेलालघाट जिराे किलाेदेखि रासपात खाेलासम्म १३ सय मिटर हिडेर त्यहाँको भौगोलिक अबस्था बारे ठेकेदार कम्पनी , आयोजना इन्जिनियर र कामदारहरुसँग जानकारी लिनु भयो ।

बागमती प्रदेश सरकार, भौतिक मन्त्रालयकाे आर्थिक लागत १२ कराेडमा सम्पन्न हुने गरि एसियाली विकास बैंकको ऋण सहयोगमा सडक कालाेपत्रकाे निम्ति बजेट विनियोजन भएको बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री लक्ष्मण लम्सालले जानकारी दिनु भयो। उहाँका अनुसार,`यसै परियोजना मार्फत एसियाली विकास बैंकले अन्य स्थानमा पनि सडक कालाेपत्र गरिरहेकाे छ। हाललाई `दाेलालघाट-फलाँटे´सडक कालाेपत्र हुने छ। बाँकी सडक संजाल पिचको लागि आगामी वर्षमा पहल गरिने छ।´ एसियाली विकास बैंकको,विकास परियोजनामा यो सडक प्राथमिकतामा परेकाे लम्सालकाे दावी छ।

सडक कालाेपत्रकाे निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाे निर्माण कम्पनी` बन्दना भगवती निर्माण सेवा´ले जनाएको छ। आयोजना कार्यान्वयन इकाई र निर्माण कम्पनी बीच २०८१ चैतमाध सम्झौता भएको थियो । आगामी २०८२ असारसम्म ६.४ किलोमिटर कालाेपत्र भइसक्ने आयाेजना कार्यान्वयन इकाइका प्राेजेक्ट मेनेजर तथा इन्जिनियर उषेश श्रेष्ठले टुकी नेटवर्कलाई बताउनु भयो ।

दाेलालघाट जिराे किलाेदेखि रासपात खाेलासम्म सडककाे दायाँबायाँ माथिबाट पहिराे आउने र तलबाट पहिराे बग्ने भएकोले भौगोलिक अध्यायन पश्चात् मात्रै काम गर्न सकिने छ। लगभग १३ सय मिटर सडककाे भुगाेलविदले अध्यायन गरिसकेका छन् । अध्यायन टाेलिकाे रिपोर्ट नआएका कारण निर्माण कार्य अगाडि बढाउन सकिएकाे छैन । टाेलिकाे रिपोर्ट प्राप्त हुने बित्तिकै निर्माण कार्य सुचारु हुने इन्जिनियर उशेष श्रेष्ठले बताउनु भयो ।

निर्माणाधीन ६.४ किलोमिटर सडककाे ६० प्रतिशत कार्य सम्पन्न भइसकेको छ। इन्जिनियर श्रेष्ठका अनुसार सडकमा सव ग्रेटकाे कार्य भइरहेकाे छ भने,सडक छेउबाट टेवा पर्खाल लगाउने, नाला बनाउने कार्य भइरहेकाे छ। अब छिटोभन्दा छिटो ग्रेटकाे कार्य हुने छ। साथै बेश बिछ्याइने र राेलर लगाइने छ। २०८२ बैशाखबाट पिचकाे काम सुरु गर्ने याेजना रहेकाे श्रेष्ठले जानकारी दिनु भएको छ।

`दाेलालघाट, फलाँटे,काेल्टी,पाेखरी- गुराँसे सडक´ नामाकरण गरिएको साे सडक एसियाली विकास बैंकले `ग्रामिण सडक संजाल सुधार आयाेजना´अन्तर्गत निर्माण गर्न लागेकाे हो ।