चैत १६ शनिबार ,२०८१
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)ले भुम्लु गाउँपालिकाका अधिकांश वडामा अधिवेशन सम्पन्न गरेको छ। रास्वपा भुम्लुले गत माघमा विक्रम सिंह कुँबरकाे सभापतित्वमा २१ सदस्यीय पालिका कमिटी गठन गरिसकेको थियो ।
पालिका कमिटीकाे अधिवेशन पश्चात पार्टीकाे केन्द्रीय निर्देशन अनुसार संगठन विस्तारकाे कार्यलाई तिव्रता दिन र पार्टी गतिविधि चलायमान गराउँन वडा अधिवेशनलाई तिव्रता दिइएको सार्वजनिक मामिला विभागका सचिव तथा काभ्रे रास्वपाका युवा नेता बदन कुमार भण्डारीले टुकी नेटवर्कलाई जानकारी दिनु भयो ।
हालै सम्पन्न अधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भूम्लु गाउँपालिका वडा नं. १ मा उत्तम गिरीकाे सभापतित्वमा ११ सदस्यीय कमिटी निर्वाचित भएको छ। ,उपसभापति अनिशा गिरी,सचिव सुनिता खत्री,कोषाध्यक्ष अन्जु गिरीलाई निर्वाचित गरेिएको छ।
यस्तै सदस्यहरु नविना भारती ,सदस्य प्रेम बहादुर भारती ,सदस्य सुमन गिरी सदस्य रमेश बुढाथोक,सदस्य प्रदीप श्रेष्ठ निर्वाचित हुनु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भुम्लु वडा नं. ४ मा सभापति सुरेश कुँवर, उपसभापति विजय लामा निर्वाचित हुनु भएको रास्वपा भुम्लुले जनाएको छ,भने सचिव मिन बहादुर तमाङ, कोषाध्यक्ष बिदुर सार्की ,सदस्य हेम बहादुर कुँवर ,सदस्य अकुर दर्जी ,सदस्य रेशम पाण्डे ,सदस्य प्रतिमा परियार , सदस्य लक्ष्मी बि के, सदस्य रीता सर्की र सदस्य ईश्वर कुँवर निर्वाचित हुनु भएको छ।
नवनिर्वाचित पदाधिकारीहरुलाई रास्वपाका केन्द्रीय युवा नेता प्रमाेद न्यौपानेले टीका लगाइदिनु भयो भने अर्का नेता लक्ष्मी दत्ता कट्टेलले खादा लगाएर सफल कार्यकालकाे शुभकामना दिनु भयो । साथै रास्वपा काभ्रेका क्षेत्रीय सभापति डाक्टर ताराबहादुर कुँबरले पद तथा गाेपनियताकाे सपथ गराउनु भएको थियो ।


