उपभोक्तालाई बिधुतिय चुलो वितरण

+
-

चैत ६ बुधबार ,२०८१
काभ्रेपलान्चोक । खाना पकाउने ग्याँसका उपभोक्ता दिन- प्रतिदिन बढिरहेकाे बेला, उपभोक्तालाई बिद्दुतिय चुलाे प्रयाेगमा अभ्यस्त गराउन भुम्लु गाउँपालिकाले बिद्दुतिय चुलाे वितरण गरेको छ।

गाउँपालिकाले धुवाँ रहित चुलाे बनाउने अभियानको निरन्तरता दिदैं विद्दुतिय चुलाे प्रयाेग गर्न चाहने उपभोक्तालाई दरखास्त आब्हान गरेको थियो । पालिकाले वृद्ध -वृद्धा,एकल महिला, विधवा, आर्थिक रुपले अति बिपन्न परिवार ,दलित, असाहय महिला, अपांगता भएका परिवारलाई प्राथमिकतामा राखेकाे छ।

पालिकामा वडा नम्बर १ देखि १०सम्म ७५५ (सात सय पचपन्न ) वटा विद्दुतिय चुलाे माग भएको गाउँ पालिका अध्यक्ष प्रेम बहादुर भूजेलले जानकारी दिनु भयो । तर हाललाई २९५ (दुइ सय पन्चानब्बे ) वटा चुलाे मात्र वितरण गरिने भएको छ।

मंगलबार पहिलोपटक वडा नम्बर ७ मा गाउँपालिका अध्यक्ष भुजेलले चुलाे वितरण गर्नु भएको छ। बाँकी माग गरिएका चुलाे छिटोभन्दा छिटो वितरण गरिने जनाइएको छ।