`मानवताकाे लागि सहयोग नेपाल´ संस्थाले गर्याे, ११६ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

+
-

चैत ३ आइतबार ,२०८१
नुवाकोट।`’मानवताको लागि सहयोग´´ नामक संस्थाले जिल्लाकाे`श्री सरस्वती आधारभूत विद्यालय´मा शैक्षिक सामाग्री वितरण गरेको छ। विद्यालयमा अध्यायनरत ११६ जना बिद्यार्थीलाई कापी, कलम ,पेन्सिल, कटर ,इलेजर लगायतका शैक्षिक सामग्री वितरण गरिएको संस्थाका काेषाध्यक्ष चिरञ्जीवी अधिकारीले टुकी नेटवर्कलाई बताउनु भयो ।

संस्थाले काठमाडौका निजी विद्यालय तथा समाजसेवीहरुकाे सहयोगमा तारकेश्वर गाँउपालिका वडा नम्बर ४ स्थित सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पढाइमा थप उर्जा प्रदान गर्ने उदेश्यका साथ शनिबार उक्त शैक्षिक सामाग्री वितरण गरेकाे थियो ।` मानवताका लागि सहयोग ´संस्थाकाे आग्रहमा काठमाडौंका इडनब्रज एकेडेमी धापासी,अनुपम विद्या सदन लाजिम्पाट ,नेपाल माेडल स्कुल बसुन्धरा, बिएन एकेडेमी बसुन्धरा,जेबि स्कुल टाेखा र समाजसेवी ज्याेति राईले शैक्षिक सामाग्रीहरु उपलब्ध गराउनु भएको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । साथै संस्थाका अध्यक्ष मधुसुदन ध्वज खड्काको विशेष आतिथ्यतामा संस्थाका सम्पुर्ण पदाधिकारीले संयुक्तरूपमा शैक्षिक सामाग्री बितरण गर्नु भएको हो ।

संस्थाका काेषाध्यक्ष अधिकारीका अनुसार लगभग ५० दर्जन कापी ४ सय वटा पेन्सिल, ४ सय वटा कलम र आधा दर्जनका दरले इलेजर र साप्नर प्रदान गरिएको थियो । साथै उक्त विद्यालयका विद्यार्थीलाई चलचित्र मुना मदन देखाउन चलचित्र विकास बाेर्डमा अध्यक्ष दिनेश डिसिले सहयोगी भूमिका निर्वाह गर्नु भयाे । विकास बाेर्डका तर्फबाट प्राेजेक्टर ल्यापटप , माइक र सवारीसाधनकाे व्यवस्थापन गरिएको काेषाध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

विद्यालयका विद्यार्थीलाई प्राेत्साहन गर्ने उदेश्यका साथ संस्थाले गरेकाे काम प्रती आभार व्यक्त गर्दै विद्यालयका प्रधानअध्यापक राजु अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको छ।