चैत ३, आइतबार ,२०८१
काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाँउपालिकाले युवाहरु लक्षित स्वराेजगार, सीप मुलक तालिम ड्राइभिङ प्रशिक्षण सुरु गरेको छ। गरिबी निवारणका लागि लघुबित्त उद्यम विकास कार्यक्रम( मिडपा) अन्तर्गत उक्त तालिम संचालन गरिएको हो ।
भुम्लु गाउँपालिकाले बनेपामा रहेको` बि एम के ड्राइभिङ´ स्कुललाई प्रशिक्षणकाे जिम्मेवारी दिएको छ। गाउँपालिकाले १३ वटा वडा कार्यालय मार्फत निवेदन परेका निवेदकहरुलाई प्रशिक्षणमा सहभागी गराएको छ।
आज आइतबार बि एम के ड्राइभिङ स्कुलमा एक कार्यक्रम बीच ड्राइभिङ प्रशिक्षणकाे सुरुवात गाँउपालिका अध्यक्ष प्रेम बहादुर भूजेलले गाडी चलाएर सुरु गर्नु भएको हो ।
उक्त प्रशिक्षणकाे उपलब्धि र अौचित्य माथि प्रष्ट पार्दै अध्यक्ष भूजेलले प्रशिक्षण पछि भूम्लुका युवाहरु स्वराेजगार भएर आय- आर्जनमा लाग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले भन्नुभयो,` युवाहरु बेराेजगारीकाे मारमा परिरहेको अबस्थामा भूम्लु सरकारले लिएको उदेश्य फलदायी हुने छ। हामीले आर्थिक उपार्जनका विविध कार्यक्रम राखेका छौ। किसानहरुका निम्ति फलफूल खेति ,सामुदायिक कृषि फार्म र युवाहरुलाई आर्थिक लाभ हुने राेजगारी सिर्जना गरिरहेका छौ। यस ड्राइभिङ प्रशिक्षणलाई पनि युवाहरुले भरपुर सदुपयोग गर्ने अध्यक्ष भूजेलले आशा व्यक्त गर्नु भएको छ।
प्रशिक्षणकाे अबसर दिएर पालिकालाई सहयोग गर्न पाएकाेमा ड्राइभिङ स्कुलका संचालक राजन अधिकारी भुम्लु गाउँपालिकालाई धन्यवाद प्रदान गर्नु भएकाे थियो । उहाँले बिएमके ड्राइभिङ स्कुलले यातायात व्यवस्थापन विभागको मापदण्ड अनुसार प्रशिक्षार्थिहरुलाई दक्ष र याेग्य बनाउन भूमिका खेल्ने बताउनु भएको छ।


