कविता :- भेद

+
-

तिम्रो माया सिमल छांया
बिना स्याउली पात
घामै तापि घाम कै छायां
यस्तै रैछ बात

सगरमाथा हिउंले चुली
भरले चुली साथ
चुली संग व्यर्थै भूली
खाली रह्यो हात

तोला बोली खोली बग्यो
मनै बग्यो साथ
कस्तो साथ संगती हो
यस्तो भयो घात

मुखै ठिक्क मनै दिक्क
यस्तै रैछ राज
भोली दिन कसो होला
आजै मर्यो आश

कदमको सियाल देखाई
सिमलको फेद
गाढा प्रेम त फिक्का रैछ
आजै खुल्यो भेद

मिति : २०८१ बैशाख ११ गते
स्थान : ईश्वरपूर, सर्लाही