चैत २ शनिबार ,२०८१
काठमाडौं । साहित्य सन्ध्या विगत ४२ वर्षदेखि साहित्यकाे क्षेत्र अनबरत गतिविधि गर्दै आएको संस्था हो । वरिष्ठ साहित्यकार राम विनयले संयाेजन गर्नु भएको `साहित्य सन्ध्या´ले आफ्नो हरेक महिना हुने नियमित रचना वाचन सम्पन्न गरेको छ।
हरेक महिना रत्नराज्य क्याम्पसमा गरिने कार्यक्रम आज पद्दमाेदय माध्यमिक विद्यालयमा गरिएको थियो । `स्वतन्त्र विद्यार्थी यूनियन´काे निर्वाचनको तयारी भइरहेकाले रत्नराज्य क्याम्पसमा कार्यक्रम नगरी पद्दमाेदय माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको आयाेजकले बताएका छन् ।
डाक्टर राजेन्द्र प्रसाद अधिकारी प्रमुख अतिथि तथा समिक्षक रहनु भएको उक्त कार्यक्रममा दुई दर्जन स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गरेका थिए। प्रगतिशील पुराना कवि पूर्ण विराम देखि हालका युवा प्रगतिवादी कवि तथा नागार्जुन वाङमय प्रतिष्ठानका अध्यक्ष साहित्यकार दिल पौडेलले समेत वर्तमान अबस्थाकाे चित्रण गर्दै रचनाहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा दृष्टि बिहिन कवि डाक्टर गाेबिन्द प्रसाद आचार्यले ब्रेन लिपीबाट सुन्दर छन्द कविता सुनाउनु भएको थियो र दाेस्राे सेसनमा` स्वास्थ नै जीवन हो´ भन्ने शिर्षक अन्तरगर्त डाक्टर जनक बस्नेतले साहित्यीक जीवन र स्वास्थ जीवनकाे फरक र समानता बारे प्रस्ट पार्नु भएको थियो । डाक्टर बस्नेतले साहित्य ,कला र संगीतमा लागेका मानिसकाे माइण्ड राइटिस र बिज्ञान ,अनुसन्धान र सिद्धान्तकाे पछि लाग्ने मानिसको माइन्ड लेफ्टिस हुने धारणा राख्नु भएको थियो ।
कार्यक्रमकाे अन्त्यमा समिक्षक डाक्टर राजेन्द्रप्रसाद अधिकारीले वाचित कविताहरु माथिकाे छाेटकरीमा समीक्षा गर्नु भएको थियो । कवि तथा साहित्यकार गाेपाल मैनालीले कार्यक्रम संचालन गर्नु भएको हो ।


