चैत २ शनिबार ,२०८१
काठमाडौ । सभामुख देवराज घिमिरेले नेपाल र चिन बीचकाे सम्बन्ध आर्थिक र सामाजिक सम्बन्धमा मात्रै सिमित नभएको बताउनु भएको छ। आज राजधानीमा`काष्ठमण्डप डाईलग´ कार्यक्रमकाे उदघाटन सत्रमा सम्बाेधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनु भएको हो ।
सभामुख घिमिरेले `काष्ठमण्डप डाईलग´जस्ता छलफल रअन्तरक्रिया कार्यक्रमले दुई देश बीच आपसी सम्बन्ध अझै मजबुत हुनुका साथै आर्थिक,सामाजिक र साँस्कृतिक विकासमा याेगदान पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।
उहाँले भन्नुभयो, यस्ता कार्यक्रमले बिआरआई परियोजनालाई थप मद्दत गर्ने छ। साथै नेपालकाे भौतिक पुर्वाधार विकास, रेलमार्ग, सडक ,उर्जा ,सुचना प्रविधि र व्यापारमा सहयोग पुग्ने छ । अन्तरक्रियाहरुले व्यापार र आर्थिक सबलताकाे पक्षमा वकालत गर्ने र ती जटिलता र अन्तर विराेध चिर्ने काम गर्नेछ।´ `काष्ठमण्डप डाइलग´ले बिआरआइ, त्यसका सम्भावना र चुनौतीकाे विषयमा प्रष्ट पार्ने सभामुख घिमिरेकाे विश्वास रहेको छ।
अमेरिकी सरकारले` एमसिसि परियाेजना´ खारेज गर्ने घाेषणा गरेसँगै चीनले आफ्नो महत्त्वकांक्षी परियोजना`बिआरआइ परियोजना´लाई नेपाल र चाइनिज बिज्ञ टाेली बीच चर्चाको विषय बनाएको छ। अमेरिकी राष्ट्रपति डाेनाल ट्रम्पले` संघीयता र एमसिसि´काे नाममा नेपाली नेताहरुले ठगी गरेको आराेप लगाएका थिए।
कार्यक्रमकाे आयाेजक संस्थाले`बिआरआई परियाेजना´काे विस्तृत अध्यायन र समीक्षा गरि कार्यान्वयन गराउन भूमिका निभाउने आशा राख्दै घिमिरेले चीनलाई सधैं असल छिमेकीकाे रुपमा लिएको धारणा राख्नु भयो । चीनले प्रस्ताव गरेको परियोजना व्यापक छलफल पछि यसका उपलब्धिकाे सदुपयोग गर्दै नेपालले यसलाई स्विकार गर्नु पर्ने बताउनु भएको छ।


