अलपत्र धुलिखेल- खावा सडकमा सवारी चलाउन कठिन,चालक र नागरिकाे गुनासो

+
-

चैत १ शुक्रबार ,२०८१
काभ्रेपलान्चोक । धुलिखेल- खावा सडक खण्डमा यात्रा गर्ने यात्रुले अझै कति वर्ष सास्ती खेप्नु पर्ने हो? भनि प्रश्न उठन थालेको छ। सडक निर्माण कम्पनी` गौरी पार्वती निर्माण सेवा प्रा लि ´को ठेक्का रद्द भएपछि सडक निर्माण अनिश्चित भएको छ।

सडक डिभिजन कार्यालय र निर्माण कम्पनी बीच गत वर्ष २०८० चैत २९ गते निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको थियो । म्याद सकिँदा पनि निर्माण कम्पनीले काममा लापरबाही गरेकाे, निर्माण कार्यले निरन्तरता नपाएको, बारम्बार स्पस्टिकरण साेध्दा पनि चित्तबुझ्दो उत्तर नदिएको भन्दै सडक डिभिजन कार्यालय भक्तपुरले `गौरी शंकर निर्माण कम्पनी´को ठेक्का रद्द गरेकाे थियो ।

ठेक्का रद्द भएसँगै धुलिखेल- खावा सडक निर्माण अलपत्रमा परेको छ। यसकारण, साे सडक भएर यात्रा गर्ने यात्रुले थप सास्ती भाेग्नु परेको छ। सडकमा थुपारिएका ग्राबेल, खाल्टा- खुल्टी, धुलाे र जथाभावी राखिएको ढुंगा,माटोले सवारी चलाउन झन अफ्ट्यारो हुन थालेकाे `पूर्व अरनिको यातायात प्रा लि´ का चालक शेर बहादुर लामाकाे गुनासाे छ।

हेरेक दिन गुडनु पर्ने सडकमा कहिले हिलाे ,कहिले धुलाे र सवारी जामले हैरान भइसकेको भन्दै ,अझै कति वर्ष यो दुर्दशा भाेग्नु पर्ने हो ?भनी लामाले सरकारसँग प्रश्न गर्नु भएको छ।

दाेलखा,चरिकोटबाट काठमाडौकाे यात्रा गर्नु भएका केशब शिवाकोटीले सरकार र ठेकेदार कम्पनीको दाेहाेराे चरित्रले मानवीय संवेदना हराउँदै गएकोमा दु:ख ब्यक्त गर्नु भयाे । उहाँले,` केही वर्ष अधि सडक निर्माणमा ढिला गरि जनताले मृत्युु वरण गर्ने स्थिति आएपछि`लामुसाँघु- चरिकोट´सडक बन्द गरे, जस्तै नागरिकले सडकमा उत्रिएर बिराेध गर्ने समय आएको भन्दै आक्राेश पाेख्नु भयाे।´

काभ्रे तिनपिप्लेबाट धुलिखेल, संन्जिबनी क्याम्पसमा अध्यायनरत माेहन चौलागाईंले क्याम्पस पुग्न र घर फर्कन समयमा नपाएको अनुभव सुनाउनु भयो । उहाँ भन्नू हुन्छ,सडककाे अबस्थाले गर्दा कयौं दिन मेराे क्याम्पसमा हाजिर छुटेकाे, पानी परेको दिन त क्याम्पस नगए हुन्छ। पहिलो कुरा त जानै गाराे र दु:ख, सुख गइयाे भने फर्कन झन हैरानी र सास्ती खेप्नु पर्ने । सराेकारवाला पक्षकाे यस्तो बेवास्ताले अझ कति वर्ष नागरिकले दु: ख पाउने हुन निश्चित नभएको चौलागाईंकाे भनाइ छ।