`बसाइँ´ उपन्यासका लेखक क्षेत्रीकाे निधन

+
-

काठमाडौ । `बसाइँ´उपन्यासका लेखक लील बहादुर क्षेत्रीको निधन भएको छ। फागुन २९ गते भारतको असाम राज्यमा क्षेत्रीकाे आफ्नै निवासमा निधन भएको थियो ।

नेपाली साहित्यकाे क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्‍याउनु भएका उहाँको २०१४ सालमा ‘बसाइँ’ उपन्यास प्रकाशित भएको थियो बसाइँ क्षेत्रीकाे पहिलो उपन्यास हो।

उमेरले ९२ बर्षका उहाँ २०७२ सालमा जगदम्बा श्रीबाट सम्मानित हुनु भएको थियो भने भारतको प्रतिष्ठित पद्मश्री, साहित्य अकादेमी पुरस्कारबाट पनि उहाँ सम्मानित हुनु भएको थियो ।