फागुन २७ मंगलबार , २०८१
काभ्रेपलान्चोक । नेकपा एमाले निकट अनेरास्ववियु नमाेबुद्द नगर कमिटी अध्यक्ष सहित ११ जनाले सामुहिक राजिनामा दिएका छन् । जिल्लामा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी यूनियनकाे निर्वाचनकाे तयारी भइरहेको छ। तर अनेरास्ववियु नगर कमिटी र जिल्ला कमिटीको विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका अनेरास्ववियु नगर कमिटीका अध्यक्ष पुष्कर हुमागाँईले राजिनामा बुझाएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी ,नेकपा एमाले नमाेबुद्द नगर कमिटी र अनेरास्ववियु काभ्रे जिल्ला कमिटीलाई बाेदार्थ लेखिएको राजिनामा अध्यक्ष पुष्कर हुमागाँई , उपाध्यक्ष सुमन प्याकुरेल, सचिव मनिषा सिग्देल ,सहसचिवहरु अरुण काफ्ले ,देव मगर, निशान्त परियार ,काेषाध्यक्ष शिक्षा हुमागाँईले हस्ताक्षर गरेका छन् ।
यस्तै अन्य सदस्यहरुमा समीक्षा अधिकारी , असाेक हुमागाँई ,परीक्षा हुमागाँई र प्रभात तिमल्सिनाले पार्टी नेतृत्वले गरेकाे गलत गतिविधि प्रती असन्तुष्टि जनाउँदै राजिनामा दिएका हुन ।
उनिहरुले संयुक्तरूपमा जारी गरेकाे राजिनामा पत्रमा भनिएको छ,` हामी अनेरास्ववियुकाे नगर र जिल्ला कमिटीमा रहेर काम गरिरहेका छौ। तर आसन्न स्ववियु निर्वाचनका निम्ति नगरमा नामै नसुनेकाे ब्यक्तिलाई अध्यक्ष घाेषणा गरिएको , हामीलाई नगर भित्रका क्याम्पसमा नजान भनिएको र जिल्ला नेतृत्वबाट धम्काउने कार्य भएकोले आजका मितिबाट विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिरुले राजिनामा दिएका छौ । राजिनामा पत्रमा उल्लेख गरिएको छ।
अनेरास्ववियु नगर कमिटीका ११ जनाकाे हस्ताक्षर भएको उक्त पत्रमा `संगठनमा सक्रिय नभएको, गैर राजनीतिक ब्यक्तिलाई जनक बहुमुखी क्याम्पसमा सभापतिकाे उमेदवार बनाएकाेमा घाेर आपत्ति छ । हाम्रो कुनै जिम्मेवारी र भूमिका नदेखिएकाेले राजिनामा दिन बाध्य भएका छौ ´,भन्ने ब् ब्यहाेरा पत्रमा लेखिएको छ।


