स्ववियु निर्वाचन :- `काभ्रेका विद्यार्थी संगठन बीच साझा सहमति´अनेरास्ववियूलाई तीन क्याम्पसमा पदाधिकारी

+
-

फागुन २६ साेमबार, २०८१

काभ्रेपलान्चोक । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनकाे निर्वाचनका लागि जिल्लाका सक्रिय संगठनहरुले साझा सहमति गरेका छन् ।

पाँच विद्यार्थी संगठनहरुले १५ वटा क्याम्पसमा भागबण्डा गरि पदाधिकारी तथा सदस्य पाउने सहमति भएको छ। नेविसंघ र अनेरास्ववियुले ६/६ र अखिल क्रान्तिकारीले ३ ठाउँमा नेतृत्व लिने छन् ।

एकीकृत समाजवादी निकट( अनेरास्ववियू)ले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति र अन्य क्याम्पसमा एक ,एक सदस्य लिने सहमति भएको छ भने बिप्लब अखिल( समाजवादी)ले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा दुई सदस्य धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ ।