राजनीतिक दल र शासन ब्यबस्था सिद्धान्त अनुसार चलेनन् :- प्राज्ञ शर्मा

+
-

फागुन २४ शनिबार ,२०८१
काभ्रेपलान्चोक । प्रगतिशील लेखक संघकी केन्द्रीय उपाध्यक्ष प्राज्ञ नमुना शर्माले वर्तमान राजनीतिले ब्यवस्था माथि नै प्रश्न उठेको धारणा राख्नु भएको छ। प्रलेस काभ्रेको नियमित रचना वाचन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उहाँले यस्तो बताउनु भएको हो ।
राजनीतिक दलका नेताहरु समाजवादी भन्दा पनि पूँजीवादी विचारमा हावी हुँदै गएकाे भन्दै उहाँले अबका दिनमा कवि साहित्यकारले विचारकाे चेतनाले घाेच्ने गरि प्रहार गर्नु पर्ने समय आएको बताउनु भएको हो । उहाँले भन्नूभयो ,` प्रगतिवादी धारमा विचलनता उत्पन्न भयो । दलहरु र शासन ब्यवस्था पनि सिद्धान्त अनुसार चलेका छैनन् । कविहरुले लेखन मार्फत जागरण ल्याउन भूमिका खेल्नु पर्छ । देश, काल ,परिस्थिति अनुसार लेखकले कलम चलाउनु पर्ने शर्माको सुझाव थियो ।

यस्तै कार्यक्रम प्रलेस काभ्रेकी सल्लाहकार तथा बुद्धिजीवी भवानी पाण्डेले देशमा नागरिक बस्न नसक्ने वातावरण बनिरहेको समयमा उत्साह र जागरणका रचना सिर्जना गर्नु पर्ने प्रस्ट पार्नु भयो ।

साेही अबसरका १५ जना कविहरुले आ आफ्ना सुन्दर र समय सान्दर्भिक रचनाहरु सुनाउनु भएको थियो । कविहरु कालिका त्रिपाठी , सुशिला बिष्ट, रक्तिम लामा ,हरि प्रसाद चौलागाईं , शिव बन्जरा र सरस्वती चिमौरीयाले नारी उत्पीडन र वेदनाकाे बारेमा लेखिएका कविता सुनाउनु भएको थियो ।स्रष्टाहरु भवानी पाण्डे ,नवराज उत्साही , मुरहरी रायमाझी ,दिनेश खरेल ,ईश्वर तामाङ र बुद्धिमान तामाङलेले देशमा बढदै गएको अन्यकाे विराेधमा शब्द वाणहरु प्रहार गर्दै रचनाहरु सुनाउनु भयो ।

अन्तमा कार्यक्रमकाे समापनमा प्रमुख अतिथि, अतिथि लगायत उपस्थित स्रष्टाहरुलाई धन्यवाद दिदै प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले बामपन्थी आन्दोलनलाई सहयोग पुग्ने गरि साहित्य सिर्जना गर्न प्रेरित गर्नु भयो ।