फागुन २१ बुधबार ,२०८१
काभ्रेपलान्चोक ।राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका सभापति प्रविण ढकालले स्वर्गीय बिदुर सापकोटा परिवर्तनकाे सपना देख्ने मुर्धन्य राजनितीज्ञ भएको बताउनु भएको छ। नेकपा एकीकृत समाजवादी काभ्रेले सापकाेटाकाे सम्झनामा आयाेजना गरेकाे स्मृति सभामा बाेल्दै ढकालले यस्तै भन्नू भएको हो ।
उहाँले ,सापकाेटालाई आफुले सानै देखि घर आगनमा हिडेर संगठन गरेकाे र परिवर्तन सम्भव छ भन्ने उच्च विचार राख्ने नेता भएको स्मरण गर्नु भयो । उहाँले भन्नुभयो , म पनि उहाँकै गाँउकाे ब्यक्ति हुनुहुहन्छ । मैले धेरै नजिकबाट चिनेकाे छु ।कतिपय कार्यक्रममा सँगै हिडेकाे छु ।´ मदन भण्डारी र पुष्पलालकाे विचारमा अडिक नेता सापकोटाकाे जीवनबाट आफुले धेरै सिक्ने मौका पाएकाे प्रस्ट पार्नु भएको छ।
सापकोटाले अंगालेकाे सादा ,सरल र मिलनसार राजनितिक जीवन जीउन सके जीवनमा सफलता प्राप्त गर्ने नसकिने उहाँको धारणा थियो । उहाँको निधनले राजनीतिक अान्दोलनलाई क्षति भएको ढकालले बताउनु भएको छ।


