हुमागाँईकाे नजरमा सापकोटा सरल ,मृदुभाषी र चरित्रवान नेता

+
-

फागुन २० मंगलबार ,२०८१
काभ्रेपलान्चोक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभाबशाली नेता शिव प्रसाद हुमागाँईले स्वर्गीय विदुर सापकाेटाकाे खुलेर प्रशंसा गर्नु भएको छ। आज (मंगलबार) काभ्रेको बनेपामा आयाेजीत सापकोटाकाे श्रद्धाञ्जली सभामा आफ्ना मन्तब्य राख्दै हुमागाँईले विद्यार्थी राजनीति देखि नै सापकोटा र आफू मिलेर काम गर्ने अबसर मिलेकाे बताउनु भएकाे हो ।

उहाँले ,सापकाेटा असल चरित्रको ,मृदुभाषी र सरल बामपन्थी राजनितीज्ञ भएको भन्दै स्मरण गर्नु भयो । हुमागाँईले आफ्ना असल मित्र सापकाेटासँग बाेल्नसम्म पनि नपाँउदा दुख लागेकाे बताउनु भएको छ। उहाँले भन्नुभयो , म उहाँको अन्तिम बाेली सुन्न चाहान्थे ,जब सापकोटा बिरामी भएको थाहा पाएँ र भेट्न गएँ, उहाँ बाेल्न सक्ने अबस्थामा हुनुहुन्नथ्याे । मलाई उहाँका अन्तिम भनाइ के थियो ,सुन्ने इच्छा थियो । उहाँका निर्देशन र सुझावलाई हामिले अनुशरण गर्नु जरुरी थियो । यस कुराबाट बन्चित हुनु पर्दा मलाई सार्है खल्लो लागेकाे छ। ´

हुमागाँईले, काभ्रे जिल्लाकाे राजनीतिमा फरक दल भए पनि आफुले १७ वर्ष जिल्ला हाँकेकाे र सापकाेटाले एमालेमा रहेर १४ वर्ष जिल्ला चलाउनु भएकोले धेरै पटक राजनीतिक सहकार्य गर्ने मौका मिलेकाेले उहाँ आफ्नो अन्तर आत्माबाट कहिले हटन नसक्ने पात्र भएको बताउनु भयो ।

दुई महिना अगाडि आफू मातृशाेकमा रहेको बेला भेट गर्न आउँदा भएको कुराकानी नै अन्तिम रहेछ भन्दै भावुक हुँदै हसमागाँईले दु: ख व्यक्त गर्नु भएको छ।