नेकपा एस निकट अनेरास्ववियू काभ्रेले सबै क्याम्पसमा गर्याे संगठन दर्ता

+
-

फागुन १९ साेमबार ,२०८१
काभ्रे। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि ताेकेकाे स्वतन्त्र विद्यार्थी यूनियनकाे ,निर्वाचनकाे संगठन दर्ताकाे म्याद आज सकिदै छ। दुई वर्ष अधि देश भरका अधिकांश क्याम्पसहरुमा विविध कारणले निर्वाचन हुन नसकेका स्थानमा निर्वाचन हुन लागेकाे हो ।

यस्तै काभ्रेमा पनि यस अधि स्ववियु निर्वाचन पनि हुन सकेको थिएन । चैत ५ गते निर्वाचनमा भाग लिने उदेश्यका साथ( नेकपा एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियू काभ्रेले संगठन दर्ताकाे काम सम्पन्न गरेको छ। अनेरास्ववियू काभ्रेले जिल्लाका १३ वटा क्याम्पसमा विधिसम्मत संगठन दर्ता गरेकाे अनेरास्ववियू काभ्रेका संयाेजक रामेश्वर आचार्यले जानकारी दिनु भयो ।

उहाँका अनुसार जिल्लाका प्रभा क्याम्पस चौरिदेउरालि , पार्वती बहुमुखी क्याम्पस बेथानचोक , सर्वमङ्गला क्याम्पस पाँचखाल , धुलिखेल क्याम्पस धुलिखेल , सन्जिवनि क्याम्पस धुलिखेल , काभ्रे बहुमुखी क्याम्पस बनेपा , चैतन्य बहुमुखी क्याम्पस बनेपा , इन्द्रेश्वर क्याम्पस पनौति , तेजगँगा बहुमुखी क्याम्पस पनौति , कुशादेवि क्याम्पस कुशादेवि , मँगल जनबिजय क्याम्पस रोसि , दाप्चा क्याम्पस नमोबुद्ध , कानपुर क्याम्पस कानपुरमामा संगठन दर्ता कार्य सम्पन्न भएको छ।

अनेरास्ववियू काभ्रेले संगठन दर्ता भएको सबै क्याम्पसहरुमा आफ्नो उम्मेदवार उठाउने तयारी गरेकाे छ। संयाेजक आचार्यका अनुसार जिल्लामा अनेरास्ववियू काभ्रेको उपस्थिति राम्रो हुने छ। उहाँले भन्नुभयो ,` जिल्लामा अन्य संगठनसँग हामी प्रतिष्पर्धा गर्ने छौ । हाम्रा उमेदवार सबै क्याम्पसमा उठाइने छ। अधिकांश क्याम्पसमा हाम्रा उम्मेदवारकाे जित सुनिश्चित छ। हामीले साथीहरू परिचाालन गरिसकेका छौ ।´ निर्वाचनकाे समयमा परिस्थिति र परिवेशलाई ख्याल गरेर निर्णय लिइने पनि आचार्यले आशय ब्यक्त गर्नु भयो ।