फागुन,१८ आइतबार ,२०८१
काठमाडौ । नागार्जुन वाङ्यमय प्रतिष्ठानको नियमित रचना वाचन तथा फागुन महिनाको काव्यगोष्ठी सम्पन्न भएको छ। आज शनिबार संस्थाकाे कार्यालय बागबजारमा आयाेजीत कार्यक्रममा कृति परिचर्चा र स्रष्टा सम्मान पनि गरिएको थियो ।
कृति परिचर्चामा समालोचक धीरकुमार श्रेष्ठकाे २ थान समालोचना` कृति अध्यायन विश्लेषण र आख्यानकाे आँखीझ्याल´ माथि गरिएको हो । कृति उपर प्राध्यापक केशब सुवेदीले परिचर्चा गर्नु भयो । साेही कार्यक्रममा प्रमुख अतिथि माइला लामा र प्राध्यापक सुवेदीलाई सम्मान गरिएको हो ।
कार्यक्रमकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष कवि तथा वरिष्ठ साहित्यकार दिल पौडेलले गर्नु भएको थियो । रचना वाचनमा २२ जना कवि ,लेखकहरुकाे सहभागी रहेको थियो । जस मध्य अमरदीप सुनुवार,राजकुमार श्रेष्ठ,ई दीनविनोद खड्का,यदुनाथ वसन्तपुरे , युवराज नास्तिक,शिवहरी पाण्डे,लक्षमणदेव पाण्डे, सुशिला शर्मा ,गॅगा खतिवडाले आ- आफ्नो रचना सुनाउनु भएको थियो ।
यस्तै कविहरु क्रमश : सुजिता अबिरल, मिशन अधिकारी,केशव घिमीरे,मुक्तान थेवा,सन्जय सोती, कुशल बोगटी ,बलराम बिष्ट,नवीन पल्लवले समय सान्दर्भिक र यथार्थवादी प्रगतिशिल रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रममा साहित्य अनुरागी ब्यक्तित्वहरु जय सिंह, राजीब सिंह,भवानी अमात्य,जनसरा ऐडी,रमेश सिंह, विनितकुमार तिरुवा,रकम सिंह,संजीब सिंह,विवेक सिंह,दीपक भेटुवालकाे पनि उपस्थिति थियो ।
कार्यक्रमकाे अन्त्यमा सम्बाेधन गर्दै अध्यक्ष पौडेलले राष्ट्र हितमा साहित्य रचना गर्नु पर्ने तथ्यलाई अौल्याउदै प्लेटाेले भने जस्तो सत्य मार्गकाे साहित्यले समाजलाई अगाडि बढाउन मद्दत गर्ने धारणा राख्नु भयो । उहाँले साहित्यमा सत्, असत् दुबै हुनाले त्यसकाे भावना बुझेर कार्य गर्न अनुराेध गर्नु भएको थियो ।


