धुलिखेल- खावा सडक खण्डको ठेक्का खारेज

+
-

फागुन १५ ,बिहीबार २०८१
काठमाडौं । संघीय सडक तथा सुपरिवेक्षण कार्यालय भक्तपुरले `धुलिखेल – खावा´ सडक खण्डको ठेक्का सम्झौता खारेज गरेकाे छ। फागुन १३ गतेकाे निर्णय अनुसार `गौरी पार्वती निर्माण सेवा प्रा लि´ ले ठेक्का पाएकाे उक्त सडक, निर्माण सम्पन्न नगरेकाे भन्दै ठेक्का खारेज गरेकाे जनाइएको छ।

निर्माण व्यबसायी कम्पनी र सडक कार्यालय भक्तपुर बीच २०७९ जेष्ठ २ गते सम्झौता भई २०८० चैत २९ गते निर्माण सम्पन्न हुनु पर्ने थियो । तर हाल सम्म पनि निर्माण कार्यकाे भौतिक प्रगति नदेखिएकोले, उक्त निर्माण कम्पनीलाई सडक निर्माण कार्य सम्पन्न गर्ने बारेमा बारम्बार पत्राचार गरिएको थियो । कम्पनीले चासाे नदेखाएको र सडक कार्यालयले स्पस्टिकरण साेधेकाे थियो । स्पस्टिकरण साेध्ने कार्य भएको पनि चित्त बुझ्दाे उत्तर नआएकोले कार्वाही स्वरुप ठेक्का खारेज गरिएको छ।

निर्माण व्यबसायीलाई लिखित र मौखिक जबाफ माग्दा आफ्नो करारीय दाहित्व पूरा नगरेकाे ,सडक निर्माण कार्यमा भौतिक प्रगती नभएको , जनताले सास्ती भाेग्नु परेकाे आदि कारण देखाउदै सार्वजनिक खरिद ऐन २०६३ काे (५९) २ अनुसार ठेक्का अन्त्य गरिएको सडक कार्यालय भक्तपुरले जनाएको छ।