उपकुलपति नियुक्तिमा राजनीतिक खेलबाड नगर्न जागरण मञ्चकाे अपिल

+
-

फागुन १४ बुधबार ,२०८१
काभ्रेपलान्चोक । सामाजिक जागरण मञ्च ,धुलिखेलले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा भएको ढिलासुस्ती प्रती संस्थाकाे ध्यानाकर्षण भएको जनाएको छ।आज संस्थाका अध्यक्ष पृथ्वी थापाकाे हस्ताक्षर रहेको पत्र मार्फत विश्वविद्यालयमा उपकुलपति नियुक्तिकाे विषयमा देखिएको विवाद निरुपण गर्ने सराेकारवाला निकाएलाई अनुरोध गरिएको हो ।

उक्त पत्रमा भनिएकाे छ, ` विगत लामाे समयदेखि शिक्षाकाे क्षेत्रमा याेगदान पुर्याउदै आएको देशकै प्रतिष्ठित विश्वविद्यालयमा हालसम्म उपकुलपति नियुक्ति हुन नसक्नुले शैक्षिक अबस्था कमजोर भएको संकेत गरेकाे छ। विद्यार्थीकाे अध्यायनमा सहजिकरण गर्न , विदेशी सम्बन्ध सुधार गर्न र विज्ञान र प्रविधीका दक्ष जनशक्ति उत्पादनमा भूमिका खेलेकाे विश्वविद्यालयमा तत्कालै उपकुलपति नियुक्ति गर्ने सामाजिक जागरण मञ्च धुलिखेल अपिल गर्दछ। ´

`विश्वविद्यालयसँग सम्बन्धित बौद्धिक व्यक्तिहरुले नै संस्थाकाे आस्था र विश्वासमा आँच आउने तरिकाले सामाजिक संजालमा अभिव्यक्ति दिएकाे भन्दै जागरण मञ्चले त्यसको विरुद्ध खेद प्रकट गरेकाे छ। विश्वविद्यालयले राष्ट्रका निम्ति पुर्याएकाे याेगदानलाई ख्याल नगरी व्यक्ति विषेशमा सिमित रहि आराेप प्रत्याराेप भइरहेको देखिएकाेले विश्वविद्यालयकाे गरिमामा खेलबाड नगर्ने अपिल गरिन्छ, ´उक्त ध्यानाकर्षण पत्रमा भनिएकाे छ।