नेता सापकाेटाकाे निधनमा दियाे गृह नगरले शाेक बिदा

+
-

फागुन ८ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । जिल्लाकाे मण्डनदेउपुर नगरपालिकालेले आज बिहीबार सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले मण्डनदेउपुर नगरपालिकामा जन्मनु भएका २०७० सालका संविधान सभा सदस्य बिदुर सापकाेटाकाे असामहिक निधन भएकाले शाेक बिदा दिएको हो ।

नगर प्रमुख टाेक बहादुर वाइवाले हस्ताक्षर गर्नु भएको सुचनामा भनिएको छ,` मण्डनदेउपुर नगरपालिकामा जन्मनु भएका बिदुर सापकोटाले संविधान सभा जस्तो गरिमामय पदमा रहि नेपालकाे संविधान निर्माणमा पुर्याउनु भएको याेगदानकाे कदर गर्दै उहाँको निधन प्रती शाेक व्यक्त गरिएको छ। ´ आज फागुन ८ गतेका दिन नगरसभाकाे निर्णय बमाेजिम नगर भित्रीका सरकारी कार्यालय ,शिक्षण संस्था लगायतका कार्यालय बन्द रहने जानकारी गराइएको छ। जारी सुचनामा भनिएको छ।