नेकपा एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य बिदुर सापकोटाकाे निधन

+
-

फागुन ८ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजबादी ) पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश कमिटी सह इन्चार्ज बिदुर सापकोटाकाे निधन भएको छ। केही दिन देखि ज्वराे आएर अस्पताल भर्ना हुनु भएका सापकोटाकाे निधन भएको परिवार श्राेतले जनाएको छ।

उहाँकाे काठमाडौ चाबहिल स्थित हेल्पिङ हेण्स अस्पतालमा उपचार भइरहेको थियो । सापकाेटा काभ्रे जिल्लामा कमन्युष्ट आन्दोलनका एक धराेहर मानिनु हुन्छ। उहाँ काभ्रेबाट २०७० सालकाे संबिधान सभा निर्वाचनमा निर्वाचित हुनु भएको थियो ।

सापकोटाकाे पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म केन्द्रीय पार्टी कार्यालय आलाेकनगरमा राखिने जनाइएको छ। उहाँको आजै हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।