फागुन ७ बुधबार ,२०८१
काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र र राष्ट्रियता जाेगाउने हो भने हामीलाई विश्वास गर्न नागरिकलाई अपिल गर्नु भएको छ। फागुन ६ गते प्रजातन्त्र दिवसकाे पुर्व सन्ध्यामा हिजो बक्तब्य मार्फत शाहले यस्तो अब्हान गर्नु भएको हो ।
देशमा शान्ति र अमन चयन कायम हुन सहयोग पुग्ने भन्दै आफुले त्याग गरेको सन्देश दिदै शाहले हरेक परिस्थिति बिग्रेको र नागरिकले समस्या भाेग्नु परेको तर्फ संकेत गर्नु भएको छ।
उहाँकै एक भिडियो सन्देशमा भन्नुभएको छ,`देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’
पूर्वराजा शाहले भिडियो सन्देशमा प्रस्ट पार्दै ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ। राजाकाे भनाइ रहेको छ।


