अंकुर स्कुल कर्मठ व्यक्तिहरुकाे शैक्षिक इच्छाशक्ति हो :- संस्थापक उपकुलपति शर्मा

+
-

माघ२१ साेमबार,२०८१
काभ्रेपलान्चोक । काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्माले काभ्रे जिल्ला व्यापक सम्भाबनाकाे केन्द्र बन्दै गएको विश्वास व्यक्त गर्नु भएको छ। आज बनेपाको वडा नम्वर ६ मा स्थापना भएको अंकुर स्कुलकाे उदघाटनमा शुभकामना मन्तव्य दिदै उहाँले यस्तो बताउनु भएको हो ।

शिक्षाले बहुआयामिक बस्तुलाई संकेत गर्ने भन्दै उहाँले शिक्षाले ज्ञानवान बनाउने ,कुशल बनाउने र शिक्षाले नै तागत प्रदान पनि प्रदान गर्ने छ,भन्नुभयाे । विधागत हिसावमा शिक्षा बहुतै कठिन विधा भएकोले अंकुर स्कुलमा कर्मठ मान्छेले सेवा गर्ने प्रण गरेकोमा खुशी व्यक्त गर्नु भयो ।

उपकुलपति शर्माले घरकाे आमा नै पहिलो गुरु हुन भन्नू भएको छ। विद्यार्थीकाे शैक्षिक यात्रा लामाे रहेको हुनाले निरन्तर यात्रामा हिड्नु पर्ने उहाँको तर्क थियो । पढाइमा अठाेट, धैर्यता र लगनशीलता हुनु जरुरी रहेको शर्माको भनाई थियो ।

उहाँले ,अंकुर स्कुललाई शिक्षामा क्रान्ति ल्याउन सहयोग मिलेस भन्ने शुभकामना दिनु भएको थियो ।