माघ,२० आइतबार ,२०८१
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको वडा तथा पालिका स्तरीय भेलाहरु भइरहेका छन् । जिल्ला अधिवेशन लक्ष्यित भेलाहरु गरिएको रास्वपा नेताहरुले बताएका छन् ।
यस्तै भुम्लु गाउँपालिका स्तरीय भेला शनिबार सम्पन्न भएको छ। साे भेलाले तदर्थ पालिका कमिटी चयन गरेको छ। विक्रम शमशेर कुँबरकाे सभापतित्वमा ९ सदस्यीय पालिका कमिटी चयन गरिएको हो ।
भेलाले उपसभापति सविता बुढाथोकी ,सचिव रामचन्द्र श्रेष्ठ ,काेषाध्यक्ष मान बहादुर तामाङ ,सदस्यहरुमा रामु पहरी, सुजन उप्रेती ,सराेज भारती ,प्रकृति तामाङ र प्रकाश खत्रीलाई सर्वसहमत चयन गरेको हो ।
रास्वपा काभ्रेको पनौती नगरपालिका ४, १२ नम्बर वडा, पाँचखाल १२ र धुलिखेल १२ वडामा वडा भेला सम्पन्न गरिसकेको छ। जिल्लाका १३ मध्य भूम्लुले पालिका भेला गरिसकेको छ भने अन्य पालिकामा केही महिना भित्र सम्पन्न गरिने एक जिल्ला सदस्यले बताए।


