अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने छैन :- काबा महासचिव ज्ञवाली

+
-

माघ२० आइतबार
काठमाडौ । नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवाली( शितविन्दु)ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका कारण साहित्यमा पनि कुनै बन्देज नभएको प्रष्ट पार्नु भएको छ। नागार्जुन वाङमय प्रतिष्ठान काठमाडौले आयोजना गरेको नियमित काव्यगाेष्ठीमा आफ्नो मन्तव्य राख्दै काबा महासचिव ज्ञवालीले यस्तो भन्नु भएको हो ।

उहाँले, अन्य देशहरुमा अभिव्यक्ति स्वतन्त्रता माथि कडाइ गरिएको भन्दै सचेत भएर बाेल्ने र लेख्ने गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । नेपालकाे संविधान दक्षिण एसियाकाे उत्कृष्ट संविधान रहेको उहाँको दावी छ। यसले अभिव्यक्ति स्वतन्त्रतालाई पुर्ण रुपमा समेटेकाे स्मरण गर्दै पुर्व मन्त्री समेत रहनु भएका ज्ञवालीले भारत, पाकिस्तान ,म्यानमार,बंगलादेशको उदाहरण दिनु त्यहाँकाे साहित्य माथि अंकुश लगाईएकाे स्मरण गर्नु भयो ।

कार्यक्रमकाे प्रमुख अतिथि रहनु भएको उहाँले भन्नू भयो ,` `नेपालमा याे वा त्यो बहानामा अभिव्यक्ति कुण्ठित हुने कुनै सम्भावना रहने छैन् । नागार्जुन वाङमयमा दाहाल यज्ञनिधि हुँदै आएको थिएँ।`अहिले नागार्जुनकाे कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्नु भयो ।

राजनीतिक व्यस्तताले लेखनमा समय दिन नसकेको भन्दै कता-कता भंगालाेमा परेको आफुले महशुस गरेको उहाँको अनुभूति रहेको छ। बिसौ वर्ष अगाडिका घटनाको उच्चारण गर्ने दिन नआउन् भन्दै गर्दा तिनै साइन बाेर्ड र भित्ते लेखनले झस्काउने गरेको बताउनु हुन्छ ।

नागार्जुन वाङमय प्रतिष्ठानद्वारा गरिएको कविता वाचनमा उहाँले स्रष्टा रामविनयलाई स्रष्टाविशेष सम्मान अर्पण गर्दै, जबसम्म मानव जातिको अस्तित्व रहन्छ ,तबसम्म साहित्यको सृजना रहिरहने विचार राख्दै `विनाअनुहारक‍ो रात´ शिर्षककाे कवितासमेत सुनाउनु भएको थियो।