अ+
अ
अ-
माघ,१३ आइतबार ,२०८१
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भुम्लु गाँउपालिकाकाे पहिलो पालिका भेला हुने भएको छ। यही माघ १९ गते शनिबार भुम्लु ८, स्थित दाेलालघाटमा गरिने भेलाले तदर्थ पालिका कमिटी चयन गर्ने रास्वपा भुम्लुले जनाएको छ।
उक्त भेलामा पूर्व मन्त्री विराज भक्त श्रेष्ठ र केन्द्रीय सदस्य रमेश प्रसाई प्रमुख अतिथि रहनु हुने छ। साे कार्यक्रममा श्रेष्ठ र प्रसाईले राजनीतिक तथा सांगठनिक प्रशिक्षण दिनु हुने प्रतिनिधी सभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति डाक्टर तारा बहादुर कुँबरले जानकारी दिनु भयो ।
उहाँले, रास्वपा भुम्लु कमिटीमा बसेर सेवा गर्न इच्छुक सर्वसाधारण तथा रास्वपामा झुकाब राख्नेहरुले साे भेलामा उपस्थित जनाइदिन पनि अनुराेध गर्नु भएको छ। यस अधि रास्वपा भुम्लुकाे सभापतिमा दावा लामा रहनु भएको थियो ।


