अ+
अ
अ-
माघ,१२ शनिबार ,२०८१
काभ्रेपलान्चोक । नेपाल बुद्धिजीवी परिषद् काभ्रेको १० औं जिल्ला अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले केशब थापाकाे अध्यक्ष्ातामा १० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
सचिव भीमसेन केसी,उप–सचिव शिवराम सिग्देल,कोषाध्यक्ष निर्मला सापकोटा भुर्तेल र सदस्यहरुमा श्रीकृष्ण पाण्डे, आर काफ्ले,शिव प्रसाद बञ्जारा,नरहरि कुँवर, माधव नेपाल, भवानी पाण्डे निर्वाचित हुनु भएको छ।
नवनिर्वाचित पदाधिकारीहरुलाई संघीय सांसद तथा नेकपा एमालेका पाेलिटव्युराे सदस्य गाेकुल बास्काेटाले दाेसल्ला ओडाएर सम्मान गर्नुका साथै कदर पत्र प्रदान गर्नु भएको थियो ।


