निति र नेतृत्व निर्माणको बहस

+
-

 

रामेश्वर आचार्य

मान्छेहरुको सामाजिकिकरण , सोच , बिचार र बैचारिकता अनि नेतृत्व निर्माणको क्रम उत्पति देखिका सबै पक्ष र सन्दर्भमा भिन्न धार , आकार र प्रवृत्तिहरुमा झल्किरहेका हुन्छन् । समाजलाई अघि बढाउन उन्नत , सबल र समृद्ध बैचारिक तथा शुत्रात्मक गणितले सहयोग गरिरहेकाे हुन्छ । त्यसले नै समाजलाई बिना त्रुटी र समता सहित अघि बढाउछ ।

समाज निर्माणमा हरेक प्रयत्न , प्रयास र पहलकदमिका रुपमा समयानुक्रमले विभिन्न बिद्धानहरुका बिधौताहरु निर्माण गर्यो । जसका यत्नहरुमा आधारित हुदै विश्व मानचित्र विभिन्न परिधिमा फरक राजनीतिक आस्था , बिचार र अवधारणामा विकसित तथा बर्गिकृतताका साथ भिन्न शासकिय प्रणालीमा परिभाषित छ ।

व्यक्ति , बिचार र दलगत रुपमा बिकसित रुप , स्वरुप र सन्दर्भले नीति र नेतृत्व अनि अवधारणा निर्माण गरि नयाँ नेतृत्व र नयाँ नयाँ प्रवृत्ति निर्माण हुदै जान्छन् जसले वस्तुतः चेतना , समाजको प्रवृत्ति , राजनीतिक तथा शासकिय दृष्टिकोण निर्माण तथा त्यसको विकास गर्छन् । आजको सन्दर्भमा पनि दृष्टिकोणहरुका लडाइँ र बिभक्तताले पुरै विश्वलाई प्रभावित पारिरहेका छन ।

पार्टि , राजनीति अनि बिचार र नेतृत्वको परिभाषा र परिचय एउटा बिशिष्टतामा निर्माण हुने र परिस्कृत हुने पद्धति चलिरहन्छन । बिशेष त नवउदारवाद , पुजीवादी परेट र त्यसका विरुद्धको समाजवादि र बामपंथी यात्रा कसरी अघि बढाउने भन्ने बिषयमा थय बहस र अन्तरक्रिया पुरै विश्वलाई आवश्यक देखिन्छ । दृष्टिकोण , बिचार र सिद्धान्तका वरिपरि राजनीतिक क्रियाशीलता हुन्छन् नै तर एकाध नेतृत्व बोक्ने र बाँकी बहिष्करणको मारमा पर्नुपर्ने बिषय भने बढो गम्भीर छ । नीति अनि बिचारको बहस कम गर्ने र सस्तो लोकप्रियतालाई च्यापेर अघि बढ्ने क्रमले आजको विश्व वाम आन्दोलन धराशायी भएको कुरामा दुईमत छैन ।

मुख्यत विचार र सँगठन एउटै तर तिन प्रतिको धारणाको एकरुपताको कमिले अनेकन धुब्रको गठजोडमा राता मान्छेहरुलाई स्वार्थ केन्द्रित विभाजन सहित हल्का बनाएको छ । जसले वास्तविक वामपन्थी चरित्रलाई नकार्दै निति हैन नेता प्रधान बनाएको छ जसबाट कतिपय विद्रोहका रङ्गिन परिणामहरु पनि फिक्का भएका उदाहरण प्रस्शत छन । जनादेशको अवमुल्यन , शैद्धान्तिक अपव्याख्या अनि भष्मासुर प्रवृत्ति आजको मुख्य विशेषता बनाउने कि क्रान्तिकारी विचार ,सर्वहाराको शासन सत्ता स्थापना गर्ने भन्नेमा देखिने खालको मतान्तर हुनु भनेको वाम आन्दोलनको चिन्ताको विषय पक्कै हो ।

यसकारण क्रान्ति , रुपान्तरण अनि परिवर्तन तथा यसका मुल्यमा टिक्ने मौलिक विशेषता सहितको समाजवादी कार्यक्रम निर्माण आजको मुख्य आवश्यकता हो । हिजोका कतिपय कार्यक्रम र लक्ष्य पूरा भै सक्दा पनि त्यसैमा रुमलिएर अघि बढ्न नसक्ने कतिपय प्रवृत्तिबाट आजको विश्वव्यापीकरण , वाम आन्दोलनको रक्षा , बिकस र सुदृढिकरणमा सहयोग पुग्न सक्दैन । यथार्थ दृष्टिकोण निर्माण गर्न पनि पक्षधरता विहिन तथा स्वतन्त्र मानसिकता चाहिन्छ । निहित आग्रह पुर्वाग्रहले ठोस परिस्थितिको ठोस मुल्यांकन गर्न सकिदैन ।

त्यसैले आन्दोलन , रचनात्मकता , मौलिकता सहितको नीति र नेतृत्व निर्माण आजको मुख्य कार्यभार हो । परिक्षा हो , जसको बिशिस्टता सहित पास हुनुको बिकल्प छैन । यसकारण नेपाली बिशेषता सहितको समाजवाद निर्माणको चरण थालनि गरौ, जसले हिजोका बैचारिक पृष्ठभूमिलाई सम्मान गर्दै आजको समाजवादी तथा बैज्ञानिक वाम आन्दोलनको दिशानिर्देश गरोस । नेतृत्व र जिम्मेवारी मिलाउदै जाउला पहिला आन्दोलनको लक्ष्य र दिशा निर्धारण गरौ । जसले आजको वास्तविक , बिशेषतापुर्ण र रुपान्तरणकारि आन्दोलनको नेतृत्व गरोस ।