अ+
अ
अ-
काठमाडौ । नापी कार्यालयमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई काठमाडौंको बसुन्धरास्थित एक होटलबाट ९ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।
वलीले जग्गाको सिफारिस तथा छुट दर्तासम्बन्धी काम मिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख दिई घुस मागेको आरोप छ। घुस मागेको प्रमाणका आधारमा अख्तियारको टोलीले वलीलाई रकमसहित रङ्गेहात पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीलाई बसुन्धराको एक होटलबाट ९ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।


