राष्ट्रपतिद्वारा पलान्चोक भगवती मन्दिरमा दर्शन

????????????????????????????????????
+
-

काभ्रे,

           राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिर दर्शन गर्नुभएको छ। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ मा रहेको पलाञ्चोक भगवतीको मन्दिर दर्शन गर्नुभएको हो। यो मन्दिर शक्तिपीठहरु मध्येको एक मानिन्छ।

         राष्ट प्रमुखले दर्शन वा पूजाअर्चना गर्ने परम्परा अनुसार राष्ट्रपति आज पलान्चोक भगवती मन्दिरमा दर्शनका लागि आउनुभएको छ। उहाँ सेनाको हेलिकप्टरमार्फत वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गर्नु भएको थियो।

       लिच्छविकालिन यो शक्तिपीठमा पहिला पनि राष्ट्रप्रमुखले दर्शन गर्ने चलन रहिआएको थियो।

        राष्ट्रपति भण्डारीलाई काभ्रे जिल्ला प्रशासन कार्यालयकी प्रमुख हुमकला पाण्डे ,जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतम लगायत नगरका पधाधिकारीले स्वागत गर्नुभएको थियो।