अ+
अ
अ-
काठमाडौ । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसले आयोजना गर्ने ओस्कार अवार्डका लागि नेपालबाट प्रतिस्पर्धामा पठाइएका दुई चलचित्रमध्ये तिनिहरु- ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालका अध्यक्ष लीलानाथ शर्माले जारी गरेको विज्ञप्तिअनुसार सन् २०२७ मा प्रदान गरिने ९९औँ एकेडेमी अवार्ड्सको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि ‘एलिफेन्ट्स इन द फग’ लाई नेपालको तर्फबाट सिफारिस गरिएको हो।
नेपालबाट ओस्कार प्रतिस्पर्धाका लागि तिनिहरु- ‘एलिफेन्ट्स इन द फग’ र ‘गाउँथली’ चलचित्र पठाइएको थियो। तीमध्ये कथा, पात्रहरूको विश्लेषण, कला, शिल्प तथा प्राविधिक पक्षलाई मूल्यांकन गर्दै उक्त चलचित्र छनोट गरिएको समितिले जनाएको छ।


