अ+
अ
अ-
काठमाडौं
नेपाल राष्ट्र बैंकले यसपालि दसैंमा ५५ अर्ब रुपैयाँको नयाँ नोट सटही गरेको छ । ३९ अर्ब पाँच सय र हजारका नोट रहेका छन् भने बाँकी अन्य दरका नोट सटही गरिएको राष्ट्रबैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंकहरूलाई भदौ २३ गतेबाट नोट उपलब्ध गराएको थियो । बैंक वित्तीय संस्थाहरुले भने असोज २ गतेबाट मात्र सर्वसाधारणलाई नयाँ नोट वितरण गरेका थिए।
नयाँ नोट साट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय र उपत्यका बाहिर सातवटा कार्यालयबाट सेवा सुरु गरेको हो। देशभरी रहेका बितरण केन्द्र बाट दैनिक छ,सात सय जना सेवाग्राहीले सेवा लिएको राष्ट बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशक रेवती नेपालले बताउनुभयो।


