अ+
अ
अ-
काठमाडौं
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई भारतको अब्दुल कलाम फाउन्डेसनले सम्मान गर्ने भएको छ । नेपाली कविता र साहित्यमा उत्कृष्ट योगदान पुर्याएका रचनाकार माइलालाई भारतले सम्मान गर्न लागेको हो।
भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको ९१औं जन्मजयन्तीको अवसरमा सम्मानित हुनेगरि निमन्त्रणा पठाईएको जानकारी प्राप्त भएको छ। अक्टोबर १५ तारिखका दिन पश्चिम बंगालमा हुने एक कार्यक्रम सहित सम्मान गरिने बताइएको छ।
साहित्यकार( प्रदिप कुमार राई) व्याकुल माइलाले २०६३ सालमा राष्ट्रियगान रचना गर्नुभएको थियो। कविता र साहित्यमा योगदान पुर्याएबापत नेपाल सरकारले पनि राष्ट्रिय गानका रचनाकार माइलालाई मासिक भत्ताको व्यवस्था गरेको थियो।


