काठमाडौं,भाद्र २९
नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी सहकारी संगठन नेपाल गठन भएको छ। काठमाडौंको बानेश्वरस्थित अर्पण बैंकेटमा भएको एक समारोहबीच समाजवादी सहकारी संगठन गठन भएको हो।
प्रमुख अतिथि माधवकुमार नेपालको उपस्थितिमा ,७३ सदस्य केन्द्रीय कार्यसमिति घोषणा गरिएको हो । संगठनको अध्यक्षमा नवराज अर्याल रहनुभएको छ। यस्तै उपाध्यक्षहरू क्रमशः केशव प्रसाद दंगाल , बटुकृष्ण थापा,एम प्रसाद जोशी, वीर बाहादुर भोटे,डि पि अधिकारी, वीरेन्द्र यादब , धरणीधर अधिकारी रहेको बताइएको छ।
महासचिव देवराज न्यौपाने , सचिव डा .हरि प्रसाद शर्मा सहित अन्य दुई जना र कोषाध्यक्ष राधा कडरिया रहनुभएको छ।
समाजवादी सहकारी संगठनको केन्द्रीय समितिमा काभ्रेबाट दुईजनाले प्रतिनिधित्व गर्नुभएको छ। काभ्रे जिल्लाका सचिवालय सदस्य तथा कार्यालय सचिव हरिगोपाल प्रधानाङ्ग र जिल्ला सदस्य युवा नेता ज्ञानेन्द्र बहादुर तामाङ हुनुहुन्छ।
उहाँहरुले समाजवादी सहकारी संगठनमा प्रतिनिधित्व गर्नाले काभ्रेमा सञ्चालित समाजवादी सहकारीहरुको क्षेत्रमा खुसी छाएको छ।


