समाचार
उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
उदयपुर / उदयपुरको कटारी नगरपालिका ८ मा शनिबार करिव ८ बजे मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा कटारी नगरपालिका ३ का ३७ वर्षिय सन्तोष कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको थियो भने सोही ठाउँका ३१ वर्षिय नवराज कुवँर घाइते भएका छन् । सिद्धिचरण राजमार्गको घुम्ती भन्ने स्थानमा बेतीनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नम्बरको मोटर साइकल र कटारीबाट लेखानी तर्फ गईरहेको ना ७ ख ४६१५ नम्बरको ट्रक एक आपसमा क्रस हुने क्रममा मोटर साइकल सडकको साईडको नालिमा पल्टन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । ट्रकसंग ठोकिएको आशंकामा ट्रक र ट्रक चालक रौतामाई गाउँपालिका ४ बस्ने राज कुमार भुजेल समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




