बिचार/ब्लगभिडियोविजनेसविश्वसमाचारस्वास्थ्य

अन्याय र ढिलासुस्ती आजका प्रमुख शत्रु हुन् : राष्ट्रपति पौडेल

२०८३ जेठ १५ बिहीबार
काठमाडौं । राष्ट्रपति रामवरण यादवले अन्याय, बेथिति र ढिलासुस्ती आजका प्रमुख शत्रु भएको बताउनुभएको छ ।

१९औँ गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको आवश्यकता औँल्याउनुभएको हो ।

उहाँले गणतन्त्र स्थापनाका लागि योगदान दिने सहिद, अग्रज तथा आन्दोलनका योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै गणतन्त्र नेपाली जनताको ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले अन्याय, बेथिति र ढिलासुस्तीका कारण जनतामा निराशा बढ्ने भएकाले यस्ता प्रवृत्तिविरुद्ध राज्य संयन्त्र प्रभावकारी बन्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले गणतन्त्र दिवस केवल उत्सवको दिन मात्र नभई नागरिक अधिकार, समानता र समृद्धिको संकल्प दोहोर्‍याउने अवसर भएको उल्लेख गर्नुभयो । साथै संविधानको मर्मअनुसार सामाजिक न्याय, सुशासन र विकासमार्फत जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *