समाचार

काङ्ग्रेस वरिष्ठ नेता काेइरालासंगकाे भेटघाटपछि सभामुखमा के.सि. काे सम्भावना बढेको हो ?

मंसिर , २२

काठमाडौ । मंसिर ४ काे निर्वाचन पछि नेपाली काङ्ग्रेसका नेताद्वय अर्जुननरसिंह  के.सि.र  डाक्टर शेखर काेइरालाकाे अौपचारिक भेट हुन सकेको थिएन । काेइराला र के.सि.काे अचानक भएको  भेटघाटलाई निकै चासोका साथ हेरिएको छ ।

निर्वाचनमा विजयी भएपछिको बधाई तथ शुभकामना साटासाट गर्न भेटघाट राखिएको नेताहरुले बताउनु भएको थियोे ।  तर नेपाली काङ्ग्रेसको संस्थापन इतर समुहमा  विभिन्न काेणबाट हेर्दा  अर्जुननरसिंह के. सि.सभामुख हुन सक्ने आकलन गरिएकाे  छ।

एक नेतालाई उद्दित गर्दै श्राेतले बताए अनुसार ” हिजो के.सि.र काेइराला बिच बधाई तथा शुभकामना आदन प्रदान भएको थियो  र समग्र राष्ट्रिय राजनितीकाे विषयमा छलफल र चुनावी समीक्षा  भएको  छ।”

प्रतिनिधि सभाकाे सभामुख अर्जुननरसिंह के.सि. हुनु पर्छ भन्ने खुल्ला बहस चलिरहेको छ । उता शेखर काेइराला समुहबाट महामन्त्री गगन थापा र काेइराला गुरुराज घिमिरेको पुस्तक बिमाेचन कार्यक्रममासंगै उपस्थित हुनु भएको थियो ।  नेताद्वय विराटनगरबाट फर्किय लगत्तै काेइरालाले के . सि. सग भेट गर्नुले अर्को अर्थ लाग्न सक्ने बिष्लेषकहरु बताउछन् ।

यति बेला सत्ता गठबन्धनले यहि गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणमा सहयोग गर्ने पहिलो चरणको राेडम्याप तयार भइसकेको छ।

नेपाली काङ्ग्रेस भित्र संसदीय दलकाे नेता र सभामुखकाे  प्रतिनिधिसभाका सांसदहरूलाई शपथग्रहण गराउने, सर्वज्येष्ठ सांसद अस्थायी सभामुख (प्रोटेम् स्पिकर) संसदीय परम्पराअनुरुप उमेरको ज्येष्ठताका आधारमा चयन हुनेछ । हालसम्मको स्थितिमा महेन्द्र राय यादव (८६ वर्ष) अस्थायी सभामुख हुने सम्भावना छ । त्यसपछि सभामुखको निर्वाचन हुनेछ । संसदमा निष्पक्ष र सबैको साझा भूमिका निर्वाह गर्ने उद्देश्यको लागि सभामुख सर्वसम्मतिले चयन गर्ने संसदीय संस्कार, सभ्यता र परम्परा रहँदै आएको छ ।

प्रतिनिधिसभामा हालसम्म ४३ जना नयाँ अनुहार सांसदको रुपमा प्रत्यक्ष निर्वाचित भई आएका छन् । त्यसमध्ये नेपाली कांग्रेसबाट १२ जना, नेकपा (एमाले) बाट १० जना, एकीकृत माओवादी केन्द्रबाट ३ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७ जना लगायतका सांसदहरू निर्वाचित भईसकेका छन् । समानुपातिक निर्वाचनको बाटोबाट संसदमा आईपुग्ने नौला सांसदहरू पनि निकै ठूलो संख्यामा छन् ।

अबको सभामुख को हो ? प्रधानमन्त्रीको खोजीसँगै सभामुखको खोजी सुरू भएको छ । सभामुख जस्तो गरिमामय ओहोदा पाउन धेरै सांसद लालायित छन् । विगतमा अग्निप्रसाद सापकोटा, ओनसरी घर्तीजस्ता नामहरू भागबण्डा र नेताको जोडले सभामुख भए भने दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवासचन्द्र नेम्वाङ् जस्ता कानुन र संसदीय पद्धति बुझेका जिम्मेवार तथा परिपक्व व्यक्तित्व पनि प्रतिनिधिसभाले पायो ।

अबको प्रतिनिधिसभा त्यसरी चल्न सक्दैन । सभामुख प्रतिपक्षको हुने व्यवस्था छ । सत्तापक्षबाट कांग्रेसका रमेश लेखक, पूर्णबहादुर खड्का, डा. नारायण खड्का जस्ता व्यक्तित्व आकर्षक लाग्न सक्छन्, तर संसद उनीहरूबाट सम्हाल्न निकै गाह्रो छ । फेरि भौगोलिक सन्तुलनको दृष्टिकोणले पनि एकै क्षेत्रतिर राज्यव्यवस्थाका जिम्मेवारी एकोहोर्याउँन थाल्दा सन्तुलन खल्बलिएर अस्थिरता बढ्ने खतरा त्यति नै छ ।

त्यसैले अन्ततः यो पद काँग्रेसका लोकप्रिय र प्रभावशाली नेता अर्जुननरसिंह के.सी.को जिम्मामा जाला भन्ने सम्भावना बलियो हुँदै गएको देखिन्छ । तर उनीजस्तो सक्रिय राजनीति गर्न चाहने नेता पार्टी राजनीतिबाट हात झिकेर तटस्थ भूमिकाको पदमा बस्न इच्छुक छन् वा छैनन्, यसबारे उनले कुनै कुरा बताएका छैनन् ।

सभामुख पदको लागि हाललाई अर्जुननरसिंह के.सी. भन्दा उपयुक्त व्यक्तित्व सांसदहरूमध्ये कोही पनि देखिएका छैनन् । सभामुख हुने रहर धेरैलाई हुनसक्छ । तर यो रहर पुर्याउने वा इज्जत र आम्दानीको ओहोदा होइन । संसदलाई पूर्णकाल चलाउन र यसको प्रभावकारिता, निर्णायक क्षमता र गरिमा बृद्धि गर्ने हो भने सभामुखको ओहोदामा संसदलाई अभिभावकीय नेतृत्व दिनसक्ने सर्वस्वीकार्य व्यक्तित्व चाहिन्छ ।

प्राध्यापक, अधिवक्ता, संसदीय व्यवस्थाका ज्ञाता, द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका, राजनीतिक अनुभवले खारिएको व्यक्तित्वमा पनि के.सी.बाहेक अरू पात्र छैनन् भन्नु अत्युक्ती हुन्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *