समाचार

प्रलेस काभ्रेको नवनिर्वाचित समितिको प्रथम बैठक महत्त्वपूर्ण पाँच निर्णयहरु

माघ ६आइतबार ,२०८१
काभ्रेपलान्चोक । प्रगतिशील लेखक सङ्घ काभ्रेको गत पुस २७ गते निर्वाचित पदाधिकारीकाे प्रथम बैठक बसेकाे छ। काभ्रेको बनेपामा बसेकाे प्रथम बैठकले निवर्तमान पदाधिकारीहरुलाई धन्यवाद दिनुका साथै निवर्तमान अध्यक्ष भवानी पाण्डेलाई प्रलेस काभ्रे जिल्लाकाे वरिष्ठ सल्लाहकार राख्ने निर्णय गरेको छ।

यस्तै अन्य निर्णयहरुमा ३ सदस्यीय सल्लाहकार समिती गठन गर्नुका साथै पाण्डे बाहेक शारदा धिताल र १ जना पछि थप्ने गरि राखिएको छ। संस्थाले कार्यसमिति सदस्यहरुबाट मासिक लेभी उठाउने र साे १०० रुपैयाँ हुने छ। शिक्षक सहकारीमा प्रलेस जिल्ला कमिटीको खाता संचालन गर्ने र प्रत्येक २ महिनाको अन्तिम शनिवार १ बजे जिल्ला समितिकाे बैठक बस्ने निर्णय गरिएको छ।

संस्थाकाे विधान अनुसार स्थानीय तह अन्तर्गत १३ ओटा पालिकामा प्रलेसकाे पालिका स्तरीय समिति गठनको लागि प्रयत्न गर्ने र नियमित रचना बाचन कार्यक्रमहरुलाई निरन्तरता दिने महत्त्वपूर्ण निर्णयहरु गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *