समाचार
सिम्पल सम्मान-२०८१’ द्धारा विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सम्मानित

-जयराम बिडारी
फागुन १८, काठमाण्डौ
कला साहित्य तथा समाजसेवाका क्षेत्रमा उत्साहित युवाहरुको सक्रियतामा २७ वर्ष अघि स्थापना गरिएको सिम्पल आर्टसको आयोजनामा ‘सिम्पल सम्मान-२०८१’ बाट विशिष्ट व्यक्तित्वहरु सम्मनित भएका छन् ।
संस्थाका अध्यक्ष पुस्कर जंगमको अध्यक्षता तथा सम्पूर्ण उपस्थित अभ्यागतहरुको वैशिष्ट्यता मनन् गरी उनीहरुको प्रमुख आतिथ्यमा सिनामंगल स्थित टेष्ट अफ काठमाण्डौको सभाहलमा शुक्रवार सम्पन्न उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।
उक्त २७ औं वार्षिकोत्सवका अवसरमा नेपाली साहित्य,कला संस्कृति, गीत संगीत तथा समाजसेवामा विशिष्ट योगदान दिएका विशिष्ट व्यक्तित्वहरुलाई सिम्पल सम्मानद्धारा सम्मानित गरिएको थियो । सो अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, बरिष्ठ गायिका लोचन भट्टराई, पत्रकार एवं साहित्यकार छविरमण सिलवाल,शिक्षासेवी शारदा ढुंगेल,समाजसेवी एवं प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई र नव कलाकार अञ्जली महर्जनलाई प्रोत्साहित(सम्मानित) गरिएको थियो ।
नेपाली साहित्य,संस्कृति,संगीत,कला तथा समाजसेवामा २७ वर्षदेखि निरन्तर क्रियाशिल संस्था सिम्पल आर्टसले गरेको उक्त कार्यक्रममा सबै उपस्थित व्यक्तिहरुलाई प्रमुख अतिथि मानेर कार्यक्रम गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथिको रुपमा रहेका सहभागीहरुबाट सम्मान गरिएको थियो ।
सो समारोहमा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले स्वागत मन्तव्यका क्रममा संस्थाहरु जन्मिनु भन्दा पनि ती संस्थाहरुले समाज उपयोगी कर्ममा कत्तिको निरन्तर योगदान दिन्छन् त्यो चाहीं महत्वपूर्ण कुरा रहेको बताउँदै सिम्पल आर्ट्सले विगत २७ वर्षदेखी समाजमा दिएको योगदानको प्रशंसा गरेका थिए । सो अवसरमा सिम्पल आर्टसका संस्थापक मध्यका एक केशव सान्दाईले संस्थागत गतिविधि अन्तर्गत स्वास्थ्य सेवा,साहित्यिक गतिविधि,पुस्तक प्रकाशन,टेलिचलचित्र, तथा सामाजिक संदेश मूलक चलचित्र अटिजम निर्माणका बारेमा उल्लेख गर्दै सम्मानित व्यक्तित्वहरुका बारेमा प्रकाशन पारेकाा थिए ।
उक्त कार्यक्रममा राष्ट्रिय सुसेली फाउण्डेनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ ले सम्मानित व्यक्तित्वहरुमा समर्पित सुसेली प्रस्तुत गरी माहौलमा रौनकता थपिएको थियो । भने सम्मानित व्यक्तित्वहरुका तर्फबाट शिक्षासेवी शारदा ढुंगेलले मन्तव्य राख्दै जीवनको सम्पूर्ण जीवन शिक्षा क्षेत्रमा बिताउँदा कुनै दिन सम्मानित भइएला भन्ने नसोचिकन निरन्तर कर्म गर्ने क्रममा जीवनको उत्तरार्धमा आफ्ना पूर्व विद्यार्थीहरुको संस्था मार्फत सम्मानित हुन पाएकोमा अत्यन्त पुलकित रहेको बताइन् ।
यसैगरि साहित्यिक पत्रकार संघका निवर्तमान अध्यक्ष एवं साहित्यकार राधेश्याम लेकालीले सिम्पल आर्ट्सका कार्यक्रममा सक्रियताका साथ सहभागिता जनाउँदै आइरहेको बताउँदै सम्मानित व्यक्तित्वहरुलाई वधाई ज्ञापन गर्दै सम्मानित व्यक्तित्वहरुका आगामी दिन अझैा थप सर्जनात्मक रुपमा अघि बढोस् भनि शुभकामना दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण बिमल कोइरालाले गरेका थिए।

