समाचार
अभिनेता आर्यन सिग्देलको डिमाण्ड फेरि बढ्दै, फिल्म खेल्न भ्याइ नभ्याइ
काठमाडौँ- अभिनेता आर्यन सिग्देलको हातमा फिल्म नै फिल्म पर्न थालेको छ । चकलेटी अभिनेताको रुपमा चिनिएका केही अभिनेताले फिल्म कम खेल्दा आर्यनको हातमा पनि फिल्म धेरै गएको हो ।
हजार जुनी सम्म र चच हुइको रिलिज प्रतिक्षा गरिरहेका आर्यनलाइ अहिले फिल्म खेल्नका लागी धेरै अफर आएका छन् । उनले निर्देशक दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको नयाँ लभ स्टोरी फिल्म साइन गरिसकेका छन् । उनले यो फिल्ममा दिपिका प्रसाँइसँग रोमान्स गर्ने बताइएका छ ।
यस्तै, उनले निर्देशक अमरदिप सापकोटाको निर्देशनमा बन्ने फिल्म पनि साइन गरेको बताइएको छ ।कुनै समय नम्बर १ स्थानमा हुदा धेरै फिल्म खेलेर आर्यनले स्टारडम घटाएका थिए । तर अहिले भने फेरी व्यस्त हुन थालेका छन् । आर्यन भने अहिले चच हुइकै काममा बढी व्यस्त छन् ।


