समाचार

टेलिकमलाई नेवि संघको प्रश्न : टेलिकमको सिमकार्ड वितरण कार्यक्रममा प्रचण्डको तस्बीर किन ?

वैशाख १३, काठमाण्डौ । कांग्रेस निकट नेपाल विद्यार्थी (नेविसंघ)को केन्द्रिय समितिले नेपाल टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सह–महामन्त्री परमेश्वर शाह, केन्द्रीय सदस्य सुशील भट्ट, प्रकाश सेढाई, हरि शर्मा लगायतका नेविसंघका नेताहरुको उपस्थितिमा केन्द्रीय क्याम्पस कीर्तिपुरका नेविसंघ इकाई अध्यक्ष हरि आचार्यको संयोजनमा ज्ञापनपत्र बुझाएको हो ।

उक्त ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघ महामन्त्री काफ्लेले कुनै पनि पार्टीको नेताको फोटो संगठनको ब्यानरमा टेलिकमको लोगोसहित सिमकार्ड वितरण किन के का लागि गरियो, दुर्गम ठाउँमा अझै टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको र संस्थागत भ्रष्टाचार समेत बढेकाले नेपाल टेलिकममा संग्लग्न जो कोही भएपनि कारवाही हुनुपर्ने माग राखे ।

नेपाल टेलीकमको निःशुल्क सिमकार्ड वितरण कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डको तस्बीर राखेर कार्यक्रम गरेपछि नेपाल बिद्यार्थी संघले आपत्ति जनाएको हो ।

केन्द्रीय सदस्य सुशील भट्टले चौबीस घण्टाभित्र कुनै ठोस निर्णय नलिए नेविसंघले गर्ने कुनै पनि कदमको सम्पूर्ण जिम्मेवारी टेलिकमले नै लिनुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै टेलिकमका प्रमुख कामिनी राजभण्डारीले विद्यार्थीले चौबीस घण्टाभित्रै अखिल क्रान्तिकारीको नाममा वितरण गरिएको सबै सिम रद्द गर्ने र उक्त कार्यमा संग्लग्न जो कोहीलाई कारवाही गरिएको जानकारी चौबीस घण्टाभित्रै पत्रकार सम्मेलनमार्फत जानकारी गरिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *