नाबालिका बलात्कार गरी फरार १२ बर्षपछि पक्राउ

अ+
अ
अ-

बेलबारी / ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रहरी निरिक्षक रामकुमार राई प्रमुख भएर आएपछि पुराना मुद्धाका फरार प्रतिबादीहरु ध्माधम पक्राउ पर्न थालेका छन । बाह्र बर्षअघिको जर्बजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गर्न सफल भएको छ ।साबिक सुन्दरपुर गाबिस वडा नं ६ लाटिझोडा हाल सुन्दरहरैचा नगरपालिका ४ ) मा नाबालिकालाई सामुहिक बलात्कार गरी ११ बर्ष कैद तोकिएका गोम्बे तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात सुन्दर हरैचा ४ का तामाङ फरार रहेका थिए ।

उनलाई प्रहरीले मंगलबार पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेश अनुसार तामाङ मोरङ जिल्ला कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । यसैगरी जबरजस्ती करणी मुद्धामा मोरङ जिल्ला अदालतबाट कैद र जरिवाना फैसला भए पनि फरार रहेका केराबारी गाउँपालिका ८ का हर्कबहादुर विश्वकर्मालाई समेत ईलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरेको छ ।

विश्वकर्मालाई २०७३ असार ५ गते गते अदालतले २ बर्ष ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको थियो । तर, उनी फरार रहेका थिए । उनलाई पनि केराबारीबाट पक्राउ गरेर मोरङ जिल्ला अदालतमा पेश गरिएको र जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

केही साता यता ईलाका प्रहरी कार्यलय बेलबारी पुराना घटनामा संलग्न फरार प्रतिबादीहरुलाई पक्राउ गर्न सफल हुँदै गएको छ । यसअघि १० बर्षअघि मोरङको भाउन्नेमा चालकको हत्या गरी मारुती भ्यान सहित फरार भएका एक ब्यत्तिलाई समेत पक्राउ गर्न सफल भएको थियो ।