ईटहरीको सेन्ट्रल प्लाजामा ‘फन वीक’, हुँदैछन् यस्ता कार्यक्रमहरू

अ+
अ
अ-

ईटहरी । सुनसरीको ईटहरीमा रहेको सेन्ट्रल प्लाजाले सप्ताहब्यापी बिभिन्न कार्यक्रम गरी (फन वीक) मनाउने भएको छ । यहि फागुन १९ देखि २५ सम्म बिभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको प्लाजाका सञ्चालक सिद्धार्थ श्रेष्ठले जानकारी दिएका छन ।

आइतबार देखि सुरु हुने फन वीकमा कल्चर डान्स,विभिन्न ब्याण्डको लाइभ म्युजिक शो,बिट बक्स,लगायतका कार्यक्रमका साथमा नृत्य मुख्य आकर्षणका रुपमा रहने छन । प्लाजाका बिभिन्न पसलमा बिशेष छुटमा सामान बिक्री तथा लक्की ड्र मार्फत भाग्यशाली ग्राहक छनौट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रदेश १ कै अग्लाे १० तले मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तर्रा्ष्ट्रिय ब्रान्डका कपडाहरु छन भने चौथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहेकाेछ । ‘सिनेफ्लिक्स मल्टिप्लेक्स’ यो भवनको पाँचौ तल्लामा रहेको छ ।